इटहरी:सुनसरीको इटहरी स्थित रहेको यातायात व्यवस्था कार्यालय सवारी बन्द गरिएको छ ।

मंगलबार यातायात व्यवस्था कार्यलय प्रदेश नं. १ सुनसरीले मंगलबार एक सुचना जारी गर्दै तीन दिनका लागि कार्यलयबाट प्रवाह हुने सबै प्रकारको सेवा बन्द हुने जानकारी गराएको हो ।

कार्यालयले विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ हाम्रो मुलुकमा पनि समुदाय स्तरमा फैलिँदै गई रहेकाले यसबाट हुन सक्ने सम्वाभित जोखिमबाट बच्न र बचाउनको लागि यस कार्यालय जोखिम न्युनिकरण सम्बन्धि आन्तरिक व्यवस्थापकीय कार्यहरु गर्नुपर्ने भएकाले मितिः २०७७/०४/२१ देखि २०७७/०४/२३ सम्म कार्यलयबाट प्रवाह हुने सबै प्रकारको सेवाहरु स्थगित हुने उक्त सुचनामा उल्लेख छ ।

प्रदेश आर्थिक ऐन, २०७७ दफा १२ मा भएको व्यवस्था अनुसार यातायात सम्बन्धि सेवामा लकडाउन अवधिमा बुझाउन नसकेको कारण लाग्ने थप दस्तुर, जरिवाना तथा थप जरिवाना सार्वजनिक सडक यातायात खुलेको मितिले ६० दिन भित्र बुझाएमा मिनाहा हुने समेत जनाइएको छ ।