इटहरी: आइतबार नेपाल लायन्स क्लबको ५०औं वार्षिक उत्सव मनाएको छ ।
वार्षिक उत्सवको अवसरमा लायन्स क्लब अफ इटहरी स्मार्ट सिटि र लायन्स क्लब अफ इटहरी मनकामनाको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम गरि मनाएका छन् ।
दुई क्लबको संयुक्त आयोजनामा इटहरी ७ घर भएका दुवै मृगौला पिडित मनोज चौधरीलाई आर्थिक सहयोग गरेको छ । बिगत लामो समय देखि उक्त रोगबाट पिडित चौधरीलाई केही राहत होस् भन्ने उद्धेश्यले आर्थिक सहयोग गरिएको लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिका सचिव भुपाल भट्टराईले बताए ।
उक्त सहयोग कार्यक्रममा लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिकी अध्यक्ष लक्ष्मी बराल गौतम, क्लबका संस्थापक अध्यक्ष एओजि राजेन्द्र केशरी घिमिरे, जोन चियर पर्सन निरु चौधरी, लायन्स क्लब अफ इटहरी मनकामनाका अध्यक्ष दिपेन्द्र घिमिरे लगायत क्लबका अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

lions33