जनकपुर: धनुषामा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ।

विदेह नगरपालिका वडा नं.८ निवासी ६० वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पतालमा करिब २० दिन देखि आईसीयुमा उपचाररत रहेका संक्रमित पुरुषको गए राति कोरोनाको कारण मृत्यु भएको हो।

यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो।