संखुवासभाः संखुवासभाको मादी नगरपालिका –२ बाट डिभिजन बन कार्यालय लुकाएर राखेको अबैध काठ बरामद गरेको छ । मादी नगरपालिका २ सानो ओईराङबाट लुकाएर राखेको १ सय ५४ थान अबैध काठ बरामद गरेको छ । विशेष सुचनाको आधारमा डिभिजन बन कार्यालयले मादीबाट अबैध काठ बरामद गरेको
हो ।
डिभिजन वन कार्यालय, ४ नं. हेडक्वाटर चैनपुरको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले वेवारिसे अवस्थामा ओडारमा लुकाएर राखेको अबैध काठ बरामद गरेको डिभिजन बन कार्यालय संखुवासभाका सहायक वन अधिकृत नविनराज दाहालले बताए । मादी नगरपालिका २ सानो ओईराङबाट १ सय १५ क्यूफिट अबैध काठ आईतबार बरामद गरेकोे दाहालले जानकारी दिए ।
आरुपाते र अंगारे जातको काठ बरामद भएको हो । बरामद गरेको काठ ढुवानी गरेर डिभिजन वन कार्यालयमा ल्याउने तयारी भईरहेको दाहालले बताए । बरामद भएका काठको थप अनुसन्धान गरी कार्रवाही प्रक्रिया अघि बढाईन दाहालको भनाई छ । यस अघि पनि उक्त ठाँउबाट ३ सय ६ क्यूफिट अबैध काठ बरामद भएको थियो ।