इटहरीः हरेक पेशामा निरन्तरता नै सफलताको कडी हो । यो भनिरहँदा हामीले थुप्रै उदाहरणहरु प्रस्तुत गर्नै पर्दैन् । निरन्तरता दिने धेरै सफल हुन्छन् । कोही एउटै ठाउँमा टिक्न सक्दैनन, सायद त्यहि कारण हुनुपर्छ सफलता त्यो व्यक्तिसँग पनि टिकिरहन सक्दैन् । कडा मेहनत , काममा एकप्रकारको निरन्तरता अनि लक्ष्य ठुलो लियो भने सफल हुन सकिन्छ भन्ने बुझाई राख्छन् इटहरी ४ स्थायी बसोबास भएका युवा व्यवसायी शैलेस कुमार विष्ट ।

इटहरी ४ मा २०३२ साल पौष २४ गते भएको हो शैलेसको जन्म । इटहरीमै जन्मिएको इटहरीमै हुर्किएका शैलेसको पढाई जनता माविमा भएको हो । एसएलसी सम्म, अनि व्यवस्थापनमा बिबिएस दोस्रो बर्षसम्म लगेका रहेछन् शैलेसले तर पारिवारिक स्थितीले उनलाई पढाई निरन्तरता दिन साथ दिएको थिएन् । पढेपछि केही न केही गर्नपर्छ भन्ने विश्वास राख्ने शैलेसले एलएलसी सक्नासाथ सीप विकास तालिम केन्द्रले दिने वायरिङ्गको तालिम लिन पुगे ।

छ महिनाको तालिम सक्नासाथ साथीहरुसँग मिलेर वायरिङ्गको काम जिम्मा लिने र गर्ने कार्य थाले । यसरी सोही कार्य गर्दै जाँदा त्यतिबेला अहिलेको जस्तो धेरै बिजुलीको काम गर्ने मान्छेहरु थिएनन् एक हिसावले शैलेसको एक्लो बजार भएको थियो इटहरी । शहरका धेरै जसो पुराना घरहरुमा वायरिङ्गको काम आफुले गरेको शैलेस बताउँछन् । यसरी काम गर्ने उनिसँग एउटा समुह थियो ।

साथीहरुलाई शैलेसले आफुसँगै रोजगारी पनि दिएका थिए । यसरी काम गर्दै जाँदा इटहरीदेखि मोरङको गछिया, विराटचौक सम्म पुग्ने गरेको शैलेसको स्मरण अझ ताजा जस्तै छ । इटहरी उपमहानगरपालिका परिसर भित्रकै एउटा ढुङ्गाले बनेको पुरानो भवनमा समेत शैलेसले विजुलीको वायरिङ्ग गरिदिएका हुन् ।

270815137_2467372093394284_2344080980415919122_n

२०४५ साल तिर शैलेसले इटहरीको संगित चोकमा बिजुली पसल खोले । त्यो पसलबाट बिजुलीका सामानहरु बेच्ने गर्थे उनि । पढाई एकातिर , आफ्नो व्यावसाय अर्को तिर त्यसै भएकाले पनि पढाइले निरन्तरता पाएन शैलेसको । केही समय विष्टले त्यही बिजुलीको पसललाई निरन्तरता दिए । पछि २०५२ सालतिर उनि एउटा सिसा पसलमा कामदारको रुपमा नियुत्त भएर काम गर्न थाले ।

पछि साथीसँग पार्टरको रुपमा शैलेसले एउटा सिसा पसल खा्लेर आफ्नै कामगर्न थाले । आफुसँग लगानी योग्य पुँजी नहुँदा १५ सय तलव दिने र त्यो तलव नै आफ्नो लगानीमा जोड्दै लाने शर्तमा शैलेसले सिसा पसलमा लगानी गरेका थिए ।

यहाँ हुन्छ कि त्यहाँ हुन्छ कि, भन्दै धेरै ठाउँमा पसललाई सार्दै गरे । तर खासै व्यपार फस्टाउन सकेन, पछि पार्टरसिपमा खटपट देखियो । खटपट पछि शैलेसले आफ्नो लगानी निकाल्ने सहमति गरेर त्यहाँबाट हटे । शैलेसलाई अनुभव भएको क्षेत्र भनेको सिसा र बिजुली सम्बन्धिको सामान हो । पछिल्लो समयमा सिसाको व्यपारमा भिजेका शैलेसले पार्टनरबाट हटेपछि पनि सिसाकै व्यपार गर्ने निर्णय लिएर अगाडी बढे ।

सिसा कै व्यपार गर्नुछ भने शैलेस ग्लास हाउस नै नाम राखेर गर्छु भन्ने अठोटका साथ २०५८ मा १ लाखको लगानीमा आफ्नै सिसा पसलको जन्म भएको स्मरण गरे । पहिलाको पार्टनरसँग खटपट हुँदा पुरानो नामबाट खोल्न नपाउने भन्ने सम्झौता भएको थियो । उनले भने “पसल चल्ने भनेको काम र बजारीकरण गर्ने तरिकाबाट हो नाम त मेरै काफी छ ।”
शैलेसले त्यही पुरानो पसललाई आफ्नो प्रतिद्धन्दी सम्झेर काम गर्दै थिए । काम त हुन्थ्यो तर ठुलो स्केलमा होइन् सानो स्केलमा हुन्थ्यो ।

सानो कारोबार हुने हुँदा कतिपय ठाउँमा निकै सकस व्यहोर्नु पथ्र्यो । व्यपारिक जीवनको सकस शैलेसले निकै भोगेछन् । जति भोग्दै गए त्यति सिक्दै पनि गए ।“ प्रतिस्पर्धाको बजारमा टिक्नकै लागि पनि व्यपारमा जालझेल गर्ने अवस्था थिएन् । मेहनत गर्न छोडिएन । ” शैलेस सुनाए ।

सिसाको व्यपार भन्ने वित्तिकै यो खतराको व्यपार पनि हो । त्यसैपनि सिसा नेपालमा बन्दैन भारत , चिन, दुवई र बंँगलादेशबाट नेपालमा आयात हुने गरेको छ । धेरैजसो सामान आयात हुने भनेको भारतबाट हो । आफ्नो अर्डर लिएर शैलेस आफैँ दिल्लि जाने , आफैँ रिक्सामा लोड गर्ने गाडीमा अथवा ट्रेनमा हाल्ने निकालेर फेरी रिक्सामा लोड गर्ने भन्सारमा सामान खोलेर देखाउने अनि फेरी लोड गर्यो शुरुवाती फेजमा व्यपारी बन्न सहज थिएन । तर एक प्रकारले जिन्दगी त्यसै गरी चल्दैथियो ।

व्यपारलाई बढाउने क्रममा बैंकबाटै सानो कर्जा बाट सुरु गरेर विस्तारै बढाउँदै लगेको बताउने शैलेसले विस्तारै स्थानीय बजारलाई छोडेर बाहिरबाट सामान आयात गर्न थाले । स्थानीय बजारबाट ल्याएको सामानमा ठुलो फाईदा पनि त हुदैन नि त्यही भएर पनि आफ्नोमा भारत, बंगलादेश, चाईना र दुवईबाट समेत सिसा आयात हुने गरेको बिष्ट बताउछन् ।

271438322_2472117479586412_3524870777697555633_n

सिसाको व्यपारलाई हाइ रिक्स अर्थात धेरै जोखिमको व्यपारको रुपमा लिइन्छ । सानो तलमाथि भयो भने जिन्दगीनै सखाप बनाईदिन सक्छ सिसाले । जोखिमको व्यपारमा थुप्रै पटक शैलेसका स्टाफको हात काटिदिएको छ थुप्रै पटक उपचार गरे । एक कर्मचारीको त सिसा अनलोड गर्ने क्रममा सिसाको भारीले थिचेर ज्यानै पनि गयो । त्यसबेला बिष्टलाई ठूलो तनाव थपिएको थियो ।तर उनले मृत्क कामदारको परिवारलाई उचित क्षतिपुर्ती दिलाए पनि ।

२०७२ सालमा आएको महा–भुकम्पले त हातमात्रै होइन् उस्तैको जिन्दगीनै काटिदियो झनै शैलेसको पसललाई शुन्नामा झारिदिएको थियो । स्टकमा राखिएका वा भएजति सबै सिसा फुटेर सकिएको शैलेस बताउँछन् ।

आइरहने वाधाहरुलाई छेक्दै नआत्तिकन व्यवसायलाई निरन्तरता दिँदै आएका शैलेसले आज प्रदेश नम्बर १ भरी सिसाको सप्लाई गर्दा रहेछन् । आज पनि बजार ठुलो छ तर व्यपारमा इमानदारिता भएन भने विकल्पहरु पनि टाढा छैैनन् त्यसैले पनि प्रतिस्पर्धा बढाएको शैलेस बताउँछन् ।“ बजार ठुलो छ । बाटो पहिला जस्तो अप्ठ्यारो छैन आवश्यक परेको खण्डमा सामान देशभरीबाटै आउन सक्छ फेरी हाम्रो प्रकारका व्यवसायहरु पनि धेरै छन् । ”शैलेसले भने ।

हरेक व्यपारमा आजको आवश्यकता भनेको विश्वशनियता र इमानदारिता नै भएको शैलेशको बुझाई छ । बजारमा त धेरै कुरा सुन्न पाइन्छ कुन सिसा चाँही राम्रो हो त भन्ने प्रश्नमा शैलेस सबै सिसा राम्रो नै भएको प्रतिक्रिया दिन्छन् । हाम्रो छिमेही राष्ट्र भएकाले नेपालमा आउने सिसाको ८० प्रतिशत भारतबाटै आउने शैलेसले बताए ।

शैलेस इटहरीमा व्यवसायीमा मात्रै जमेका छैनन् । समाजिक कार्य र खेलकुद क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । इटहरी जेसिसको पुर्व अध्यक्ष, इटहरी व्याडमिन्टन क्लवको संस्थापक सचिव, नेपाल रेडक्रस सोसाइटीको विशिष्ट सदस्य, पतन्जली रोग समिति इटहरीको पुर्व अध्यक्ष, नेपाल तेक्वान्दो संघको प्रदेश एकको अध्यक्ष समेत रहेका बिष्ट इटहरी उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष भई नेतृत्वका लागि प्रतित्पर्धा गरीसकेका व्यत्तित्व समेत हुन् ।

इटहरी ४ मा नेपाली सेनाको पुर्वी पृतना(पहिलाको) अगाडी पट्टि ठुलो गोदामबाट कारोबार गरिरहेका शैलेस तत्काल नयाँ योजना नभएपनि पुरानै पसललाई अझै अघि बढाउँदै लाने र ठुलो स्केलमा कारोबार गर्ने योजनामा छन् । समयको माग र ग्राहकको चाहाना अनुसार अघि बढ्ने योजना पनि शैलेसले हामीलाई सुनाए ।

कोरोना पछिको व्यपार लगभग नगदमा हुने गरेको शैलेस सुनाउँछन् । विस्तारै बजारमा बाँकी लिने र दिने काम हट्दै गएको छ । बजार र व्यपारको लागि यो राम्रो पक्ष हो । फेरी अहिले बजार बढेको छ । पहिला सामान खरिद गर्न बजारनै पुग्नु पथ्र्यो अहिले बजार गाउँ गाउँमा पुगेका छन् त्यसले उपभोत्तालाई सहज बनाइदिएको छ अनि व्यपारमा प्रतिस्पर्धा ।

182453214_2266930413438454_8090354213302592088_n

उमेरले ४ दशककै सेरोफेरोमा रहेका शैलेसले आफ्नै खर्चमा विश्वका ३० भन्दा बढि मुलुक घुमे सकेका छन् । विदेश भ्रमण आफ्नो सोख भएको बताउँने शैलेसले जिन्दगीलाई एड्भान्चरको रुपमा हेरेका छन् । युरोप, अस्टे«लिया, जापान लगायतका देशमा भ्रमण गर्दा अरुले भन्ने गरेजस्तो भीषाको समस्या आफुलाई अहिले सम्म नभएको शैलेसले बताए ।
नेपालको पर्यटनलाई कसरी बढाउन सकिने रहेछ भन्ने प्रश्नमा शैलेस भन्छन् ‘हामीसँग पर्याप्त रुपमा पर्यटन गन्तव्यहरु बनेका त छन्, तर त्यसको प्रचार प्रसार सहि तरिकाले भएको छैन् । होटलहरु त बनेका छन्, तर आवश्यकता अनुसारका मनोरन्जनात्मक स्थलहरु बनेका छैनन् ।’

पर्यटकलाई तान्न सके उनिहरुले कम खर्चमै विश्वको सबैभन्दा राम्रो सुन्दरता नजरअन्दाज नेपालमा गर्न सक्ने शैलेसको भनाई छ । पुँजीपतिहरुले जुन कुरामा धेरै आम्दानी छ ,त्यसैमा खर्च गर्ने भएकाले पर्यटकलाई आकर्षित गर्नेकुराहरुमा अझै पनि लगानी हुन नसकेको शैलेसको बुझाई छ । होटल निर्माण भन्दा पर्यटकीय स्थलहरुको थप पहिचान र विकास हुन सके नेपालको पर्यटनले पुनःजीवन लिने बिष्टले बताए । जीवनलाई एड्भेन्चरसँग तुलना गर्ने बिष्ट काममा मनोरन्जन मिसिएमात्रै जीवन सहज हुने तर्क राख्छन् ।