बराहक्षेत्रः भरौल बालमन्दिर इङ्लिस स्कुलले आगामी नारी दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । फाल्गुन २४ गते पर्ने नारी दिवसमा स्त्री तथा प्रशुती र छाला तथा यौनरोगको निःशुल्क औषधिसहितको शिविर गर्न लागेको स्कुलका प्रधानाध्यापक अमृत खड्काले जानकारी दिए ।

खड्काकाअनुसार साविक भरौल गाविस (हालको बराहक्षेत्र ३,४ र ५ नम्बर वडा) लाई लक्षित शिविरबाट यहाँका स्थानीय लाभान्वित हुने आयोजकको लक्ष्य रहेको छ ।

शिविरमा धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका गाईनोप्रमुख डा.पप्पु रिजाल र डाक्टर अनामिका तथा छाला रोग विशेषज्ञ डाक्टर धनकेशर खड्कामार्फत स्वास्थ्य परिक्षण गरिनेछ । नडाहमा अबस्थित स्कुलको प्राङ्गणमा हुने शिविर बिहान ८ बजे संचालन गरिने प्रधानाध्यापक खड्काको भनाई छ ।