इटहरीः रुस–युक्रेन युद्धका कारण दाना लगायतका कच्चा पदार्थको मुल्यमा वृद्धि भएको भन्दै राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले पुनःब्रोइलर कुखुराको मुल्य वृद्धि गरेका छन् ।व्यवसायीले जिउँदो कुखुराको मुल्यमा शुक्रबारबाट लागु हुने गरी प्रति केजी ३ सय पुर्याएका छन् ।

दानाजन्य कच्चा पदार्थको मूल्य निरन्तर बढेको जनाउँदै संघले यसअघि मुल्य बढाएको चार दिन नबित्दै फेरि नयाँ मूल्य कायम गरेको हो ।

फागुन २३ गतेदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ बढाएर २ सय ९० रुपैयाँ तोकेको थियो भने शुक्रबारदेखि थप १० रुपैयाँ बढाएर प्रतिकिलो ३ सय रुपैयाँ पु¥याइएको संघले जनाएको छ ।

रुस–युक्रेन युद्धकै कारण दानाको कच्चा पदार्थ भाउ अत्याधिक बढेको छ भने ‘दानाका लागि चाहिने मकै, भटमासका कन्टेनरहरु आयात हुन नसकेको व्यवसायीले बताएका छन् ।

समयमै पर्याप्त आयात नहुँदा यहाँ महँगो भइरहेको छ । त्यसको प्रभाव कुखुराको मूल्यमा पनि परेको व्यवसायीले बताएका छन् । युद्धकै कारण कच्चा तेलको मुल्य अन्तराष्ट्रिय बजारमा दिनहु नयाँ रेकर्ड कायम गरीराखेको छ ।