धरानः धरानमा डेंगुु सङ्क्रमणका कारण दुुइ व्यक्तिको ज्यान गएको चिकित्सकले पुष्टि गरेका छन् । ज्यान जानेमा धरान ५ का ५५ वर्षीय डोल बहादुर राई र धरान १५ की ३० वर्षीय मुनु सुनुवार रहेका छन् ।

प्रकोपका कारण हजारौँ व्यक्ति प्रभावित बनेका छन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार प्रतिष्ठानमा मात्र करिब ४ हजार बिरामीमा डेंगुु भेटिएको छ । यसमा धरानका अन्य निजी स्वास्थ्य संस्थाको आँकडा नभएको हुँदा सङ्क्रमितको सङ्ख्या ठुलो हुन सक्ने प्रतिष्ठानमा सहायक अस्पताल निर्देशक डाक्टर विकास शाहले जानकारी दिए ।

धरानमा डुुेंगुु सङ्क्रमणका कारण जनजीवन त्रसित बनेको छ । घरै पिच्छे बिरामी भेटिएपछि यहाँको दैनिकीमा असर त परेको छ नै पर्यटकीय सहर धरानको चहलपहल समेत घटेको पर्यटन व्यवसायी वासुदेव बराल बताउँछन् । उनकाअनुसार धेरै हल्लाले गर्दा यहाँको व्यवसाय प्रभावित बनिरहेको छ ।

 

पछिल्लो समय प्रभावकारी रूपमा अभियान सञ्चालन नगरेको आरोप खेपेको नगरपालिकाले भने स्थानीय आफै जागरुप नभएसम्म समस्या नसुल्झिने बताउँछ ।

dengue-dharan-pradeshportal.com

कार्यवाहक मेयर मञ्जु भण्डारीले नगरले पुनः डेंगुु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

यो वर्ष असामान्य रूपमा धरानमा डेंगुु फैलिएको हो । डेंगुु फैलिनुमा पानी अभाव मुख्य रहेको विज्ञहरूले औँल्याएका छन् । पानी अभावका कारण भण्डारणमा राखेको पानीमा लामखुुट्ट्ेले सहजै लार्भा बनाउने गरेको हो ।

पछिल्लो तीन वर्षको तथ्याङ्कमा छिटपुट मात्र डेंगुुका बिरामी विपी प्रतिष्ठानमा भेटिएका थिए । २०७३, ७४ र ७५ सालको आकंडाअनुसार क्रमशः १३, १२ र ११ जनामा मात्र डेंगुु सङ्क्रमण भएको पाइएको थियो ।