इटहरी: कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले विश्वलाई नै आतंकित बनाएको छ । यसको रोकथाम तथा नियनत्रणका लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले लकडाउन एवम् विभिन्न पहल गरीरहेका छन् ।

कोरोनाको त्रासले शहरबाट गाउँगाउँ सर्वसाधरण गाउँ फर्कि सकेका छन् । कति घरपरिवार सम्झिदैं घरबाट अन्य ठाउँमा बसिरहेका छन् । यातायात पुर्ण रुपले बन्द छन् ।

तर इटहरीका एक युवा जसले आफ्नो घरभाडामा बस्ने सम्पुर्ण ब्यक्तिबाट एक महिनाको घरभाडा बापतको रकम नलिने घोषणा गरेका छन् ।  सुनसरी इटहरी वडा नम्बर ९ का युवा ब्यबसायी बिदुर धमलाले आफ्नो घरभाडामा बस्ने कुनै पनि ब्यक्तिबाट घरभाडाको रकम नलिने बताए ।

कोरोना भाइरसका कारण देश नै आतङ्कित रहेको बेला आफ्नो क्षेत्रबाट दुखको बेलामा मानवीय कर्तव्य पुरा गर्न सहयोग गरेको धमलाले बताए । उनका घरमा ४ वटा कोठा भाडामा लागेका छन् ।  सम्पुर्ण ब्यबसाय नै धरासयमा पुगेका बेला एक महिना बापतको घरभाडा करिब १७ हजार नलिएको धमलाले जानकारी दिए ।