संखुवासभाः संखुवासभाको मकालु गाउँपालिका र चिचिला गाउँपालिकामा निर्माणधिन नौ सय मेघावटको अरुण तेस्रो जलविधुत् आयोजनामा काम गर्ने स्थानिय निर्माण व्यवसायीहरुले काम गरेको रकम नपाउँदा उनिहरु निरुत्साहित बनेका छन् । आयोजनाको अहिले सडक, पुर्वाधार र सुरुङ मार्ग निर्माणकाको कामको ३० प्रतिशत भन्दा बढि काम भइसकेको छ ।
आयोजनाको पुर्वाधार विकासको केही काम स्थानिय निर्माण व्यवसयीहरु मार्फत काम भइरहेको छ । अरुण तेस्रो जलविधुत्को निर्माणको काम भारतीय सतलज जलविद्युत निगम (एसजेभिएन)ले गरिरहेको छ । एसजेभिएनले पावर हाउस तर्फको काम गर्ने जिम्मा पटेल इन्जीनियरङ कम्पनी र ड्यामसाइड तर्र्पmको काम जयप्रकास एसोसियट निर्माण कम्पनी(जेपी).लाई दिएको छ । यि दुई ठेकेदार कम्पनीहरु पेटी ठेक्का(सव कन्ट्याक्टर) मार्फत नेपाली निमार्ण कम्पनीहरु पुर्वाधार विकासको काम दिएपनि काम अनुसार रकम भुक्तानी समयमा भुक्तानी नदिदा नेपाली निर्माण व्यवसयीहरु निरुत्साहित बनेका हुन् ।
रौता कन्ट्रक्सन प्रालिले गत असरमा सडकको कजव्ए निर्माणको काम सकेपनि हाल सम्म पनि सम्झौता अनुसारको रकम पाउन नसकेको प्रालिका प्रतिनिधी भिम थापाले बताए । रौताले १४ वटा कजव्ए सहित सडक मर्मतको काम एक वर्ष पहिले नै सम्पन्न गरेपनि ९ वटा कजव्ये निर्माण गरेको रकम हाल सम्म पटेल इन्जीनियरङ कम्पनीले भुक्तानी नगरेको थापाको भनाई छ ।
पटेल कम्पनीले रौतालाई २ करोड भन्दा वढि रकम भुक्तानी गर्न बाँकी रहेको उनको भनाई छ । कार्य सम्पन्न भएको एक वर्ष पुरा हुँदा पनि कार्य मुल्याङ्कन समेत नगरेको थापाको गुनासो छ । रौता मकालुले गाउँपालिकाको आम्राङ देखि अडिट–२ (सोलाखनी) सडक खण्डमा कजव्ये र वाल निर्माणको जिम्मा लिएको थियो । रौता कम्पनी मार्फत स्थानीय निमा लामा, इन्द्र कटुवाल, दुर्गा पराजुली, धनकुमार राई, नवराज थापा लगायतलाई ठुलो रकम पाउन बाँकी रहेको छ । आफुहरुले काम गरेको रकम नपाए निर्माण कार्य सम्पन्न गरेको सडक समेत अबरुद्ध गर्ने रौता कम्पनीका प्रतिनिधी भिम थापा बताउँछन् ।
गत कार्तिकमा आयोजनाको पावर हाउस दिदिङको मेस ठेकेदारले राजु प्रधान सहित ३ जनालाई प्रहरीले पक्राउ ग¥यो । उनिहरुले पटेल इन्जिनियरिङले मेस सञ्चालन गर्दाको रकम लामो समय सम्म भुत्तानी नगरेको भन्दै सदरमुकाम खाँदबारी बाट पैसा लिएर गएको पटेलको गाडी नियन्त्रणमा लिने प्रयास गरेका थिए । यस सँगै आयोजनाको कर्मचारी आवस निर्माण सम्पन्न गरेको रकम ६ महिना भन्दा बढी समयसम्म रकम भुक्तानी नगरेको ब्राइटमल्टी कन्ट्रक्सनले जनाएको छ ।
काम सम्पन्न पछि विभिन्न बाहाना गरेर रकम भुक्तानिमा महिनौ दिन सम्म ढिलाई गर्ने गरेको उनिहरुको गुनासो छ । यी त प्रतिनिधी नेपाली निर्माण व्यवसयीहरु मात्र हुन् । दर्जन बढी नेपाली निर्माण कम्पनीहरुले कामको जिम्मेवारी लिएपनि समयमा रकम भुक्तानि नहुदा उनिहरु मारमा पर्ने गरेका छन् । एक पटक निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले पुनः अर्को निर्माणको जिम्मेवारी लिन नसक्ने अवस्था रहेको उनिहरुको भनाई छ । समयमा रकम भुक्तानी नहुँदा स्थानिय कामदार र व्यापरीहरु समेत मारमा पर्ने गरेका छन् । निर्माण व्यवसायीहरुले स्थानीय हार्डव्यर व्यापारीहरुलाई समेत लाखौं रुपैयाँ तिर्न बाँकी रहेको छ ।
अरुण तेस्रो आयोजनाको काम सुरु भएसँगै स्थानीय स्तर दुई दर्जन बढी निर्माण व्यवसायी कम्पनीहरु खोलिएपनि उनिहरु आयोजनामा काम पाएका छैनन् । काम पाएका निर्माण कम्पनीहरु पनि समयमा रकम भुक्तानी नहुँदा थप काम नगर्ने पक्षमा रहेका छन् । काम सम्पन्न भएको महिनौ दिन सम्म रकम भुक्तानी नहुँदा थोरै पुँजी भएका व्यवसायीहरु कामदार र निर्माण सामाग्रीको रकम भुक्तानी गर्न समेत सक्दैनन् । निर्माण व्यवसायीले रकम नपाउँदा कामदार र व्यापारीहरु समेत मारमा पर्ने गरेका छन् ।
अरुण तेस्रो आयोजनमा ७ हजार नेपाली कामदरलाई रोजगारी दिने आयोजना विकास सम्झौता (पिडिए) उल्लेख छ । तर अहिले आयोजनामा नेपाली कामदारहरु न्युनरुपमा रहेका छन् । आयोजनामा सावन स्टोरले मार्फत आयोजनामा कामगर्ने कामदारले हप्ताको ५ सय किलोग्राम तरकारी प्रयोग गर्ने गरेको स्टोरका धिरज चौधरीले बताए । तर उनले स्थानीय स्तरमा उत्पादित तरकारी भने खरिद गर्ने गरेका छैनन् । सावन स्टोरले धरान र भारतको बजार बाट ल्याएको तरकारी मात्र आयोजनमा पठाउने गरेका छन् । आयोजना सञ्चालन पछि स्थानीय उत्पादन विक्रि गर्ने र रोजगारी श्रृजना हुने भन्ने आसामा रहेका स्थानीय निराश भएका छन् ।
सरकारले २०७१ साल मंसिर ९ गते परियोजना विकास सम्झौता (पीडीए) गरी सतलजलाई दिएको परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले २०७५ बैसाख काठमाण्डौंबाट स्वीच थिचेर अरुण तेस्रो परियोजनाको संयुक्त शुभारम्भ गरेका थिए ।