आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको दिन हो । हरेक वर्ष अक्टोबर १ का दिन यो दिवस संसारभर मनाइन्छ । ज्येष्ठ नागरिक भन्नाले सामान्यत ६० वर्षभन्दा बढी उमेरका मानिसलाई जनाउँछ । अहिले विश्वमा झण्डै १५ प्रतिशत मानिस ६० वर्षभन्दा माथिको उमेरका रहेको अनुमान छ । सन् २०५० सम्ममा २० प्रतिशत मानिस ६० वर्षभन्दा माथिका पुग्ने अनुमान छ ।

विश्वमा अहिले ६० वर्ष उमेर पुगेका मानिसको सङ्ख्या ७६ करोड भएको अनुमान गरिएको छ । सन् २०५० सम्ममा यो सङ्ख्या २ अर्ब पुग्ने अनुमान गरिएको छ । २०६८ को जनगणनाअनुसार नेपालमा २४ लाख ६९ हजार मानिस ६० वर्ष माथिका छन् । यो नेपालको कुल जनसङ्ख्याको झण्डै ९ प्रतिशत हो । यति ठूलो जनसङ्ख्या ओगटेको वर्ग भने दिनानुदिन उपेक्षित भइरहेको छ ।

पछिल्लो समय भने ज्येष्ठ नागरिकको विषयमा पनि बहस हुन थालेको छ । एक दिन सबैले ज्येष्ठ नागरिक हुनुपर्छ भन्ने कुरा अन्तरआत्माबाटै स्मरण गर्दै ज्येष्ठ नागरिकको आदर र सम्मान गरौँ ।