विराटचोकः सुन्दरहरैंचा नगरपालिकाकी १ सय १० वर्षीया महेश्वरा अधिकारी सुन्दरहरैंचाको नगर माता घोषित भएकी छिन् । त्यस्तै, १ सय २ वर्षीय रामबहादुर कुमर दनुवार नगर पिता घोषित भएका छन् ।
नगर माता र पितालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रमुख प्रा. डा. गोबिन्द तुम्बाहाम्फे, नगर प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, विभिन्न वडाका वडाध्यक्ष र अन्य अतिथिले सम्मान गरेका थिए । नगर माता र पितालाई जनही ११ हजार रुपैयाँ नगद प्रदान गर्नुका साथै दोसल्ला ओढाइएको थियो । कार्यक्रममा हरेक वडाका १ जना ज्येष्ठ महिला र १ जना ज्येष्ठ पुरुषलाई पनि सम्मान गरिएको थियो ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारी सुन्दरहरैंचाका नगर पिता र नगर माता घोषणा गरिएको हो । ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाको आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको संयोजनमा कार्यक्रम भएको थियो ।
हेर्नुहोस् कार्यक्रमका केही तस्बिरहरू ः