विराटनगरः प्रदेश राजधानीकाे मुद्दा टुँग्याउने गरि संसदीय दलकाे बैठक अाजदेखि विराटनगरमा शुरू भएकाे छ । मुख्यमन्त्री शेरधनराइसहित नेकपमका ६७ सांसद विराटनगरकाे फन एण्ड फुड पार्कमा छलफलका लागि भेला भएका हुन् ।
लामाे समय देखि थाती रहेकाे मुख्य मुद्दा नै अाेझेलमा परेकाे थियाे । असाेज भित्र प्रदेश १ काे नामाङकन र राजधानी टुँगाे लगाउने अाफ्नै अभिव्यक्ति पुरा गर्न रार्इ लागि परेका छन् । राइ निकट स्राेतका अनुसार अाज र भाेली बस्ने संसदीय दलकाे बैठकले नाम, राजाधानीसँगै बाँकी संसदीय समितिकाे सभापती पनि चयन गर्नेछ भने मन्त्रीमण्डलकाे विस्तार बारे समेत निर्णय हुनेछ ।
निर्धारित समय भन्दा केहि ढिला गरी शुरू भएकाे बैठकमा राजधानीकाे विषयले प्रवेश पाएकाे छ । विराटनगरबाट राजधानी अनेत्र सार्न लागेकाे भन्दै नेकपाकै केहि नेता असन्तुष्टसमेत बनेका थिए । यद्दपि मन्त्रीहरूकाे जाेडबल विराटनगरलाइ राजधानी बनाउने बारे भएता पनि बहुसंख्यक सांसद भने विराटनगरबाहिर प्रदेश राजधानी बनाउनु पर्ने धारणा राख्दै अाएका छन् ।
विराटनगरमा भने सांसद, व्यापारीलगायत अन्य नागरिक समाजले विराटनगरबाहिर राजधानी लगे दुर्भाग्य हुने र विराटनगरकाे एेतिहांसिक महत्वकाे अवमुल्यन हुने टिप्पणी गर्दै अाएका छन् । हिजाे उद्याेग संगठन माेरङमा भएकाे सर्वपक्षिय भेलाले प्रदेश राजधानीबारे विकल्पन खाेजे संघर्ष गर्ने चेतावनी दिएका छन् । भेलामा नेताहरू अमृत अर्याल र डा. शेखर काेइरालासमेत थिए ।
मुख्यमन्त्री राइले भने प्रदेश राजधानी विकेन्द्रिकृत गर्नुपर्ने धारणा राख्दै अाएका छन् ।