धरानः धरान–१६ मा रहेको युएन नवोदय कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई औपचारिक रूपमा स्वागत गरेको छ ।
केही दिनअघि सम्पन्न अतिरिक्त क्रियाकलापमा विभिन्न विधाका विजेता विद्यार्थीहरूलाइ पनि सोही अवसरमा मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेश्वर झा, प्राचार्य डम्बरकुमार तुम्बापो र होटल म्यानेजमेन्टका कोअर्डिनेटर गगन श्रेष्ठले उनीहरूलाई पुरस्कार वितरण गरेका थिए ।
अतिरिक्त क्रियाकलापअन्तर्गत गायनतर्फ रेशम थापा मगर, हस्तलेखनमा सोनिया राई र नृत्यतर्फ सोनी राई विजयी भएका थिए । यस्तै, बास्केटबलमा विवेक शेर्पा, प्रदीप राई, पारुहाङ राई, निशान राना मगर र कुशल राई विजयी भएका थिए ।
भर्खरै सम्पन्न मिस प्लस टुमा मिस डिसिप्लिन घोषित सोना राई र मिस ट्यालेन्ट सुनिता राईलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । उनीहरू दुवै सोही कलेजका विद्यार्थी हुन् ।
नवआगन्तुक विद्यार्थीहरूलाई गगन श्रेष्ठ र कक्षा १२ की छात्रा जानुका राईले स्वागत मन्तव्यमार्फत् स्वागत गरेका थिए । २ चरणमा भएको कार्यक्रममध्ये पहिलो चरणको कार्यक्रम शिक्षक सुमन बास्कोटा तथा दोस्रो चरणको कार्यक्रम विद्यार्थीहरू अनिला क्षेत्री, मनिष काफ्ले, इन्द्रमणि गुरुङ र ममता पराजुलीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।