विराटनगरः नेकपाको प्रदेश नम्बर १ को संसदीय दलको बैठक अहिले केही बेरमा बस्दैछ ।

हिजो भएको बैठकमा बैठकले कुनै निष्कर्ष ननिकालेपछि बैठक आज बिहान ८ बजेसम्मका लागि स्थगित भएको प्रमुख सचेतक बुद्धिकर्ण राजभण्डारीले बताए । हिजोको बैठकमा मुख्यमन्त्री शेरधन राई र प्रदेश पार्टी इन्चार्ज भीम आचार्यले पनि सम्बोधन गरेका थिए ।