इटहरीः भारतको मध्य प्रदेशको पूर्वी भागमा विकसित भएको न्यून चापीय क्षेत्रका कारण हाल देशका सबै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ सहित देशका विभिन्न भागका केही स्थानमा आज अति भारी वर्षाको सम्भावना रहेको छ । मौसम बदलीका कारण आगामी शनिबारसम्म देशका सबै भागमा वर्षाको क्रम जारी रहने महाशाखाको अनुमान छ ।

प्रदेश १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही भागमा हुने अति भारी वर्षाका कारण नदीमा बाढी तथा पहाडी क्षेत्रमा पहिरोका कारण सडक तथा हवाइ यातायात प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।