विराटनगरः नेकपा प्रदेश १ को संसदीय दलको दोस्रो दिनको बैठक शुरु भएको छ । केही बेरअघि मुख्यमन्त्री शेरधन राईले बैठक प्रारम्भ भएको जनाउ दिएका छन् । विराटनगर– ८ स्थित फन एण्ड फुड रिसोर्टमा शुरु भएको बैठकमा राईले प्रदेशको जिम्मेवारीको विषयमा छलफल भइरहेको भन्दै वस्तुनिष्ठ ढङ्गले आफ्ना धारणा राख्न प्रदेश सदस्यलार्इ आग्रह गरेका छन् । उनले जनताको मुख्य जिम्मेवारी बहन गर्ने स्थानमा रहेको भन्दै सबैले आ आफ्ना राय राख्न भनेका हुन् ।
पार्टीका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिएअनुसार आज बस्ने बैठकमा पार्टीको जिम्मेवारी बाँडफाँड बारे पनि छलफल हुने छ । प्रदेशका मुख्य मुद्दा राजधानी र नामको बारे आज टुङ्गो लाग्ने बुझिएको छ ।
हिजो बसेको बैठकमा मुख्य मन्त्री राई, पार्टीका प्रदेश इन्चार्ज भीम आचार्य, प्रदेश सांसद सुनिता चौधरी र राम रानाले आफ्ना धारणा राखेका थिए । हिजो करिब २ घण्टा बैठक बसेको थियो । हिजो कुनै ठोस निष्कर्ष निस्कन सकेको थिएन ।
प्रदेशका ९३ जना सांसदमध्ये नेकपाका सांसद ६७ जना रहेका छन् । सबै सांसदलार्इ बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।