इटहरीः दशै, तिहार, छठ र ल्होसार जस्ता नेपालीहरुका महान पर्व नजिकिदै गर्दा सुनसरीको इटहरीमा मानिसहरुको चहलपहल बढेको छ । विगत केहिदिन यता इटहरीमा मानिसको बाक्लो भिँड जम्मा हुन थालेको हो । खासगरी पुर्वी पहाडी जिल्लाहरु र पुर्वी तराईका जिल्लाहरुसँग सडक संजालबाट प्रत्यक्ष सम्बन्ध जोडिएको इटहरीम किनमेलका लागि चहलपहल बढेको आँकलन गर्न सकिन्छ । पुर्वकै व्यापारीक केन्द्रका रुपमा रहेको इटहरीमा चाडपर्वको जोहोका लागि ग्राहकहरु बढेका हुन् ।

लुगाकपडाको व्यापार ज्यादै कम

इटहरीमा भिडभाड बढे पनि सामान किन्न आउनेको संख्यामा वृद्धि नभएको व्यवसायीको भनाइ छ । सामान्य रुपमा हामीले बजारमा चहलपहल देखे पनि व्यवसायीको दृष्टिकोणबाट हेर्दा त्यो ग्राहकको भिड नभएको व्यवसयीले बताएका छन् । साथै कोरोना महामारीको समयमा चाडपर्व आएकाले कारोबार सन्तोषजनक पनि नभएको व्यवसयीको दुखेसो छ । इटहरीमा जी र्फो कलेक्सन संचालन गर्दै आउनु भएकी व्यवसयी गायत्री भण्डारीले पहिलेको तुलना धेरै कम मात्रै व्यापार भएको बताउँछिन् । ‘धेरै लामो समयपछि बजार खुलेकोले पनि होला चहलपहल बढेको । अहिले मानिसहरुले जातिसक्दो आत्यावश्यक वस्तु मात्र खरिद गर्ने भएकाले बहिर भिडदेखिएको हो । मेरो कपडाको व्यापार हो, दंशै तिहारमा अकिति कपडा नै बढी कारोबार हुनुपर्ने हो त्यो भको छैन्’, उनले भनिन् । साथै उनले नयाँ कपडा ल्याउन नसकेकाले पनि कारोबारमा गिरावट आएको हुनसक्ने बताइन् ।

पहिला दशै तिहार आउनु भन्दा एक डेढ महिना अगाडिबाट कारोबार हुने गरेपनि त्यसो नभएको र अझ समय रहेकाले बिक्रिहुने आश रहेको उनले बताइन् । ‘यो भन्दा अघिल्ला वर्षहरुमा दशै तिहार आउनुभन्दा डेढ दुई महिना अगाडिबाटै लुगाकपडा सँगै अरु सामान पनि किन्ने प्रचलन थ्यो । तर यो वर्ष कोरोना महामारीले गर्दा भर्खर बजार खुलेको छ । हामी चाहीँ अझै आसावादि छौँ कि ग्राहकहरु आउनुहुन्छ र सामान खरिद गर्नुहुन्छ भनेर’, उनले भनिन् ।

गायत्री जस्तै इटहरीको ‘डि डि मार्केट’मा पसल सञ्चालन गर्दै आएकि सरस्वती कार्कीले मान्छेको चहलपहल बढे पनि पसलसम्म ग्राहक नआउने भएकाले व्यावसाय धराशयी बनेको बताइन् । ‘लकडाउन खुलपछिको अवस्थालाई मुल्याङ्कन गर्दा केहिदिन बजारमा देखिएको भिड जस्तै व्यावसायीक कारोबार पनि बढेको छ । तर जति मात्रामा कारोबार हुनुपर्ने हो त्यति हुन सकेको छैन’, उनले भनिन् । साथै उनले गतवर्षको तुलनामा यो वर्षको कारोबार आकाश जमिनको फरक भएको बताइन् । ‘अब गतवर्षसँग तुलना गर्दा त आकाश जमिन कै फरक छ । पहिला हामीलाई सामान बेच्न यो समयमा मारामार हुन्थ्यो तर यो वर्ष त्यस्तो छैन । नयाँ सामान पनि ल्याउन सकेका छैनौँ । ल्याएका सामान पनि विक्रि भएका छैनन्’, उनले भनिन् ।

120101624_344605336659728_1255733206287130285_n

व्यूटि पार्लर र कस्मेटिक पसलमा ग्राहक न्यून

सामान्यतया आम मानिसको अतिआवश्यक नठानिएका तर यो समयमा धेरै कारोबार हुने व्यूटि पार्लर र कस्मेटिक पसलमा पनि खासै ग्राहक देखिदैनन् । कोरोना महामारीले गर्दा मानिसको ध्ययन अत्यावश्यक बस्तु खरिदमा जाने भएकाले यी व्यवसायहरु पनि मारमा परेका छन् । इटहरीमा दिब्या कस्मेटिक पसल सञ्चालन गर्दै आएका अर्जुन दाहालले कोरोना महामारीको समयमा भन्दा अहिले केहि मात्रामा पसलमा पनि ग्राहकको चाप बढेको बताए । ‘कोरोनाको समयमा भन्दा अहिले कारोबार त बढेको छ । तर अझै पनि कोरोनाको त्रस मानिसहरुको मनबाट नभागेकोले उल्लेख्य रुपमा ग्राहक आएका छैनन्’, उने भने । साथै कोरोना महामारीबाट बच्न लागू गरिएको लकडाउनले मानिसको आर्थिक अवस्था पनि कम्जोर भएकाले सोचे जस्तो व्यापार नभएको दाहालले बताए ।

यस्तै इहटरी स्वनिल व्यूटि पार्लर संचालन गर्दै आएकि विजु श्रेष्ठले कोरोनाका कारण ग्राहक नआएकाले आफू जस्तो व्यूटिसियनलाई दशै आएको आभाष नभएको बताइन् । ‘मानिसहरुको पहिलो प्राथामिकतामा गाँसा, बाँस र कपास पर्ने भएकाले अहिले उनिहरु आफ्ना अतिआवश्यक कुरा मात्र पुरा गर्न लागेकाले म जस्ता व्यूटिसियनहरुलाई दशै आएको ‘फिल’ नै भएको छैन’, उने भनिन् । हाल सरकारले पसल संचालन गर्न दिए पनि सामाजिक दुरी कायमा गरेर पसल संचालन गर्न भनेको छ जुन व्यूटि पार्लरमा सम्भव नभएको उनले बताइन् । ‘यो कोरोनाको महामारीमा सरकारले सामाजिक दुरि कायम गरे र उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर व्यावसाय सञ्चालन गर्न भनेको छ । तर व्यूटि पार्लरमा सामाजिक दुरि कायम गरेर हामीले काम नै गर्न सक्दैनौँ । हामीले ग्राहकसँग ‘फिजिकल टच’ गरेर नै काम गर्नुपर्ने हुन्छ । त्यसो भएकाले ग्राहक कम मात्रामा आउँछन्’, उनले भनिन् ।

120261335_251915266183576_2258803844028093741_n

सुन चाँदिको कारोबारमा कमि

पछिल्लो समय सुन चाँदिको भाउ आकाशिएका कारण व्यापार पनि कम हुँदै गएको छ । तर पनि चाडपर्व आउन थालेकाले यसको कारोबार बढ्छ कि भन्ने आशा पलाएको छ । लामो समय कुनै कारोबार नहुँदा यो व्यावसायसँग सम्बन्धीत ब्यक्तिहरु पलायन हुने अवस्थामा पुगेका छन् । इटहरीमा सगरमाथा ज्वेलर्स सञ्चालन गर्दै आएका व्यवसायी टिका लम्गादेले सुनचाँदिको भाउ बढेको कारण र मानिसले सुनचाँदि कन्न इच्छा नै नदेखाएका कारण सुनचाँदिको कारोबार घटेको बताए । ‘सुनचाँदिको भाउ दिन प्रति दिन बढिरहेको छ । यो अवस्थामा हाम्रो कारोबार शून्य नै रहेको भन्दा फरक पर्दैन । खास गरि सुनचाँदि व्यवसाय भनेको मौसमि व्यवसाय हो । विगतका वर्षहरुमा हामीलाई तिज सुरु हुनुभन्दा लगभग १ देखि डेढ महिना अगाडिबाट व्यापारको चटारो सुरु हुन्थ्यो । तर यो वर्ष तिजमा पनि सुनचाँदिको खासै कारोबार भएका त्यसैले हामी मारमा परेका छौँ’, उने भने ।

एका तिर सुनचाँदिको भाउ बढ्दै गएको र अको तर्फ ग्राहक नै नआउने भएकाले सुनचाँदिको कारोबार बन्द हुने अवस्थामा पुगे उनले बताए । साथै उनले बैंकको चर्को व्याज तिर्न नसके पछि सुनचाँदिको व्यावसाय चलाउने व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताए ।

120332176_341300970545266_2463583620759122784_n

उद्योग बाणिज्य संघ इटहरीको चाडपर्व लक्षित यस्तो योजना

अब व्यवसायीले उद्योग बाणिज्य संघले चाडपर्व लक्षित के गर्दैछ भनेर कुरिरहेका छन् । तर उद्योग बाणिज्य संघ इहटरीले भने व्यवसायीलाई लक्षित गरेर कुनै राहतको कार्यक्रम नआउने बताएको छ । उद्योग बाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले संघको तर्फबाट बजार अनुगमनलाई तिव्र रुपमा अगाडि बढाइने बताए । ‘बजारमा चहलपहल बढेपछि स्वास्थ्य मन्त्रालयले पालना गर्न लाएको जनस्वास्थ्यका उपकरणहरु प्रयोग भएको छ कि छैन भनेर हामी अनुगमन गर्छौँ । जिल्ला प्रशासन कार्यालयको रोहवरमा स्थानीय सरकारसँग मिलेर हामी बजार अनुगमनलाई तिव्रता दिन्छौँ’, उने भने ।