विराटनगरः प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा प्रदेश समन्वय परिषद्को प्रथम बैठक आज विराटनगरमा शुरु भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०५ बमोजिम प्रदेश तथा स्थानीय तहले गर्ने काम कारवाहीमा नीतिगत सामञ्जस्यता, योजना व्यवस्थापनमा रणनीतिक साझेदारी, साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोतसाधनको उपयोग र बाँडफाँडसम्बन्धी विषयमा प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्न प्रदेश समन्वय परिषद् रहने व्यवस्थाबमोजिम बैठक शुरु भएको हो ।

बैठकमा प्रदेश १ का १३७ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, १४ वटा जिल्ला समन्वय समितिका प्रमुख र प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको सहभागिता छ ।

pradesh samanya parisad baithak (1) pradesh samanya parisad baithak (2)