इटहरीः कार्यरत क्षेत्रमा स्वास्थ्य सुरक्षा पहिलो आवश्यकता रहेको भन्दै राज्यले उल्लेखित सुविधा अनिवार्य प्रदान गर्नुुपर्ने श्रमिक संगठनहरुले आवाज उठाएका छन् । मानवअधिकारसँग सम्बन्धित सेवाहरु प्रदान गर्नुु राज्यको न्युनतम दायित्व हुुने भन्दै कार्यक्षेत्रको सुरक्षा पहिलो आवश्यकता औल्याइएको छ ।
आज विश्व ट्रेड यूनियन महासंघको ७३ औँ स्थापिना दिवसमा विश्व ट्रेड युनियनको महासंघ समन्वय समिति नेपालद्धारा इटहरीको गोर्खा किचनमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमिकको हक अधिकारीको बारेमा कुरा राखेका थिए । महासंघको समन्वय समिति नेपालका संयोजक प्रेमलकुमार खनाले आधारपत्र प्रस्तुत गरका थिए ।
उनको अधारपत्रमा पेशागत महासंघ नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रकास राईले टिप्पणी गरेका थिए । उनले कार्यक्षेत्रमा महिला असुरक्षित भएको भन्दै गर्भअवस्था देखि बच्चा हेरचाहको अवस्था सम्ममा सरकारले विशेष सुरक्षा व्यवस्था गर्नु पर्ने धारणा राखे ।
कार्यक्रममा प्रमुख अतिथि पेशागत महासंघ प्रदेश १ का सह इन्चार्ज राजकुमार गिरी, अतिथिहरू प्रदेश कमिटि उपाध्यक्ष विणुु काफ्ले, नेपाल निजामती कर्मचारी संगठनका निर्वाचन आयोग संयोजक जयराम श्रेष्ठ,नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य रेवती पोख्रेललगायतले बोलेका थिए ।