इटहरी:  केही वर्षदेखी संस्थाका अध्यक्ष दिपेन्द्र कुमार उराँवले साइकल र मोटरसाइकलमा प्रदेश १ को इलाम, झापा, मोरङ्ग, सुनसरी र उदयपुर सहित सातवटै प्रदेशको उराँव समुदायको अध्ययन तथा संगठन विस्तारमा लागेका छन् ।

पछाडि पारिएका समुदाय उराँवहरुको जातीय संस्था गुठीयारलाई मोरङ स्थित झोराहाटका दिपेश कुमार सरदारले गाडि उपहार दिएका छन् ।

उनले भने, ‘आफुले सोचेको भन्दा निकै ठुलो उपहार पाएको छु, सरदारलाई धन्यवाद ।’ उच्च अदालत बिराटनगरमा लामो समयदेखी गुठियारा संस्थाको बिवाद रहेकोमा २०७६ असोज ८ गतेको फैसला अनुसार दिपेन्द्र कुमार उराँव अध्यक्ष रहने गरी संस्थालाई आधिकारीक्ता दिएको छ ।


नेपाल झागड उराँव कोड्रेम सुधारा कार्य गुठीयारा कल्याण सुधार समिति संस्था सुनसरीलाई सरदारले चारचक्के गाडि उपहार दिएका हुन् । उराँवहरुको उत्थान, पहिचान र शैक्षिक सुधारका लागि प्रतिबद्ध भएर लाग्न गुठयारालाई गाडी उपहार दिएको सरदारले बताए । सरदारले नेपालको पछाडि पारिएको समुदाय उराँव भएकाले उनीहरुको संगठन बिस्तार र जातिय उत्थान गर्न एक ठाउँबाट अर्को ठाउँमा जान सहजताका लागि गाडी उपहार दिएको बताए ।

 संगठन बिस्तार गर्न समस्या भएकाले सहजताका लागि निःशुल्क गाडी प्रदान गरिएको उनले बताए ।
गाडी पाएका उराँवले आफुलाई ठुलो सहयोग गरेको बताए ।