इटहरी : धनकुटाको सहिदभुमि गाउँपालिकामा भीरबाट लडेर एक व्यक्तिको मृत्यू भएको छ । बाटो अप्ठ्यारो भएका कारण राई चिप्लिएर करिब ३ मीटर तल खसेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

आज घाँस काट्न जंगल गएका स्थानीयवासीले मोवाईलको रिङटोन जंगलमा बजेको सुनेपछि राईको लास फेला पारेका थिए । लास फेला पारे लगत्तै इलाका प्रहरी कार्यालय छिन्ताङबाट गएको प्रहरी टोलीले मुजुल्का उठाएर पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा लास ल्याउने तयारी भईरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।

सहिदभुमि गाउँपालिका–७ पाखाका ४५ वर्षीय उपकान्छा भनेर चिनिने रामकिसान राईको भीरबाट लडेर मृत्यू भएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए ।

बुधवार साँझ दिदीको घरबाट आफ्नो घर फर्कदै गरेका राई सहिदभूमि गाउँपालिका–६ हाङखा भीरबाट लडेर मृत्यू भएको थियो । दिदीको घरबाट घर फर्किएका राई राति अबेरसम्म पनि घर नआएपछि उनको खोजी गरिएको थियो । तर फेला पार्न सकिएन ।
मृतक राईको श्रीमति र एक छोरा रहेको छ ।