इटहरीः प्रदेशको नामङ्कन र राजधानीको बारेमा आधिकारिक धारणा तय गर्न कांग्रेसले तयारी थालेकाे छ । राजधानीको बिषयमा भइरहेका बहस भन्दा फरक प्रस्ताव ल्याउने गरि निर्णय हुनसक्ने सांसद लोकप्रसाद सङ्रैलाले प्रदेश पाेर्टललाइ जानकारी दिएका छन् ।
सरकारले दशै अगाडी नै राजधानी र नामङ्कनको बिषय टुङ्गो लगाउने तयारी गरेसंगै कांग्रेसले आकस्मिक रुपमा संसदीय दलको बैठक बिहान १० बजे विराटनगर एयरपाेर्ट नजिक पर्पल हेजमा बोलाएको हाे । काँग्रेसकाे अाकस्मिक बैठकलाइ, अाज बस्ने संसद बैठककाे तयारीकाे रूपमा बुझिएकाे छ । प्रदेश १ काे नियमित संसद बैठक १ बजे बस्दैछ । अाज विभिन्न पाँच विद्येक संसदमा पेश हुने कायर्सुची रहेकाे बुझिएकाे छ ।