इटहरी :धनकुटा नगरपालिका–७ घर भएकी ४८ वर्षिया गोमादेवी श्रेष्ठको दुवै मृगौला फेल भएर थलिएकी श्रेष्ठलाई ७२ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । उनको करिब ६ महिना अघि दुवै मृगौला फेल भएका थियो ।

सामान्य परिवार रहेको श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिलेसम्म परिवारले उपचार गरिरहेको थियो । श्रेष्ठको कोशी अस्पताल विराटनगरमा हप्तामा एक पटक डाइलासिस हुदै आएको छ ।

उनको उपचारमा सहयोगका लागि धनकुटा बजारका केही व्यवसायीहरुद्धारा संकलित रकम प्रदान गरिएको हो । तर अहिले आएर आर्थिक अभावका कारण श्रेष्ठको उपचारमा समस्या देखिएकाले रकम संकलन गरेर उपचारको लागि सहयोग गरिएको बजार व्यवसायी जयन्द्र प्रधानले बताए । उपचारको क्रममा हालसम्म ५ लाख भन्दा बढी खर्च भईसकेको छ ।

दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रेष्ठ परिवारको तीन छोरी र एक छोरा रहेको छ । प्रधानको अगुवाईमा रकम संकलन गरिएको थियो ।