विराटनगरः विराटनगरलाई स्थायी राजधानी बनाउनुपर्ने माग राख्दै उद्योगीहरूको नेतृत्वमा विभिन्न ६३ संस्थाले ज्ञापनपत्र बुुझाएका छन् ।
प्रदेश १ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सभामुुख प्रदीपकुमार भण्डारीलाई भेटेर उद्योगीहरूले विराटनगरलाई स्थायी राजधानी बनाउनुपर्ने धारणा राखेका हुन् ।
उनीहरूले पूर्वाधारको हिसाबमा विराटनगर नै प्रादेशिक राजधानी उपयुक्त हुने भन्दै अन्यत्र सारिए राज्यको खर्च बढ्ने र जनतालाई सास्ती हुने तर्क प्रस्तुत गरेका थिए । ज्ञापनपत्र बुझाउनेमा नेपाल पत्रकार महासङ्घ प्रदेश समिति र मोरङ शाखा, मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ, विराट व्यापार सङ्घ, नेपाल बार एशोसियसन, एलिट क्लब, नेपाल प्राध्यापक सङ्घ, शिक्षक सङ्घ, शिक्षक सङ्गठन, प्याब्सन, निर्माण व्यवसायी सङ्घ, चिकित्सक सङ्घ, कर्मचारी सङ्गठन, कर्मचारी युनियनलगायत रहेका छन् ।
भौगोलिक ऐतिहासिकता र शहरको सामथ्र्यको आधारमा विराटनगर प्रदेशको राजधानी उपयुक्त हुने ज्ञापनपत्रको आशय रहेको छ । उक्त ज्ञापनपत्रमा उल्लेख भएअनुसार विराटनगर राजधानी बनाउने प्रमुख आधार विराटनगरका राजनीतिक, सामाजिक, पौराणिक स्थल मुख्य हुन् ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेका अनुसार समृद्धिको नारालाई सार्थक बनाउन विराटनगर नै प्रदेश राजधानी हुनुपर्छ । त्यस्तै मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाले विराटनगरको विकल्प खोजिए ठूलो भूल हुने धारणा राखे ।
उद्योगीहरूको नेतृत्वमा बुुझाइएको ज्ञापनपत्र सरकारका प्रवक्ता मन्त्री कार्की र सभामुख भण्डारीले बुुझेका थिए । ज्ञापनपत्र बुझ्दै कार्की र भण्डारीले उक्त आवाजलाई सम्बन्धित ठाउँमा पुु¥याउने विश्वास दिलाए ।