इटहरी : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान र इटहरीका महिला छिन् भने तेह्रथुमका एक पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार धरान ९ की ४४ बर्षीय महिलाको हिजो दिउँसो ३ बजे मृत्यु भएको थियो । उनको मृत्युको औपचारिक जानकारी भने प्रतिष्ठानले आज मात्र दिएको हो । उनलाई असोज २७ गते संक्रमण पुष्टि भएको र २८ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । विपीमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएसँगै मृत्यु दर पनि बढ्न थालेको छ ।
यस्तै, इटहरी २० की ७५ बर्षीया संक्रमित महिलाको पनि प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको छ । उनलाई हिजो प्रतिष्ठानको इर्मजेन्सीमा भर्ना गरिएको थियो । उनको मध्यराती १२ बजेर ५ मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा।श्रेष्ठले जानकारी दिएका छन् । वीपी प्रतिष्ठानमा ज्यान गुमाउनेमा तेह्रथुमका ३१ बर्षीय कोरोना संक्रमित पनि छन् । उनलाई असोज १० गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ११ गते वीपीको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
मृतकमा असोज २७ कोरोना देखिएकोमा हिजो प्रतिष्ठानको कोभिड अस्पताल भर्ना भएकी थिइन । यसैगरी धरान ९ का पुरूषमा असोज २५ गते कोरोना पुष्टि भएको थियो । उनलाई हिजो कोभिड अस्पताल भर्ना गरीएकोमा राती ११ः५५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकलाई बुधबार दिउँसो नै अक्सिजन कमी भएर समस्या भएकोमा प्रतिष्ठानमा अक्सिजन भएको बेड खाली नभएपछी अर्को अस्पतालबाट अक्सिजन ल्याएर राखिएको थियो । तर राती अझ अवस्था बिग्रिएपछी अस्पताल पुर्याइएकोमा केही बेरमा नै निधन भएको थियो ।