इटहरी : कोरोना महामारी समुदायस्तरबाट नियन्त्रण बाहिर पुगेको भन्दै प्रसाशनले इटहरीलाइ रेड जोन घोषणा गरिरहेकै बेला महतो नेतृत्वको जसपाले भने करीब ५ सय कार्यकर्ता बटुलेर पार्टी प्रवेश कार्यक्रम गरेको हो जसमा प्रमुख अतिथि नेता राजेन्द्र महतो रहेका थिए । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी करीब ३ सय जनाले जनता समाजवादीमा प्रवेश गरेका थिए । इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रदेश, जिल्ला लगायत स्थानीय स्तरका नेताहरूको बाक्लो उपस्थिती रहेको थियो । आयोजकले सुरक्षा सतरकता अपनाएरै कार्यक्रम गरेको भनिएपनि मास्क बाहेक सामाजिक दुरी कायम नगरी कार्यक्रम गरिएको थियो । इटहरीभित्रै बिशाल सभा चलिरहदा छेउमै रहेको इलाका प्रहरी कार्यालय इटहरी र उपमहानगरले भने पत्तो नपाएको बुझिएको छ । उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले कार्यक्रम सकिएपछि थाहा पाएको बताईन । उनले भनिन्, ‘अगाडी जानकारी भएको भए कार्यक्रम हुन दिदैनथियौ ।’
कोरोना सकंमणको कारण देखाउदै सुनसरी प्रसाशनले जिल्ला भित्र कुनै सभा सम्मेलन नगर्न बिशेष आदेश जारी गरे पनि मधेसवादी दलका नेता राजेन्द्र महतोको जनता समाजवादी पार्टीले भने इटहरीमा ब्यापक सम्मेलन सम्पन्न गरेको छ ।
यता सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले सुनसरीमा त्यस्तो कुनै प्रकारको आम सभा तथा सम्मेलनहरू हुन नदिएको बताउँछन । लुकिछिपि हुने कार्यक्रमबारे आफु जानकार नभएको तर सुचना पाएको खण्डमा रोक्ने गरेको उनको भनाई छ । उनले नेपालको संविधान विभेदकारी रहेकोले संविधान संशोधन आवश्यक रहेको बताए । उनले आफूहरुको पार्टी नै अब वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गरे । कार्यक्रम तत्कालिन समाजवादी पार्टी इटहरीका अध्यक्ष डिल्ली सुब्बा र राष्ट्रिय जनता पार्टीका अध्यक्ष सुन्दर राईको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा केन्द्रीय नेता राजेन्द्र महतोले अहिलेको सरकार इतिहासकै नालायक र भस्ट्रचारमा लिप्त रहेको आरोप लगाएका छन । कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै महतोले कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै संविधान जारी भए पनि जनताले खोजेको पहिचान, अधिकार, सुशासन र समृद्धि प्राप्त नभएको बताए ।