धरानः दशैं नजिकिँदै गर्दा बजारमा खसीबोकाको किनबेच बढ्न थालेकोे छ । दशैंमा खसीबोका बढी खपत हुने हुँदा किनबेच बढ्न थालेको हो । धरान–१३ स्थित कृषि उपज बजार स्थलको पशुहाटमा शुक्रबार खसीबोका किनबेच गर्नेको भीड थियो । हरेक शुक्रबार पशुहाट लाग्ने अमरहाटमा आउँदो शुक्रबार धेरै व्यापार हुने व्यापारी बताउँछन् ।
सो कृषि बजार स्थलमा धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुमबाट खसीबोका बिक्रीका लागि ल्याइएको थियो । १० हजारदेखि ४० हजारसम्मका खसीबोका बिक्रीका लागि ल्याइएको थियो । व्यापारी र उपभोक्तालाई किनबेच गर्न भ्याइनभ्याइ थियो । खसीबोकाको मूल्य खासै नपाएको व्यापारीहरूले बताए ।
गत हप्तादेखि नै बजारमा किनबेच गर्ने भीड लागेको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । पाल्न झन्झट हुने हुनाले बजारका मानिसहरूले अलि पछि नै खसीबोका लाने हुनाले अब क्रमशः बिक्री बढ्ने उनले बताए । अघिल्लो हप्ता करिब ८ सय खसीबोका खरिदबिक्री भएको उनले बताए । यस पटक करिब १ करोडको कारोबार गर्ने लक्ष्य रहेको कृषि उपज बजारले जनाएको छ ।
शब्द र तस्बिरः वसन्त वान्तवा

khasi boka  (1) copy khasi boka  (2) copy khasi boka  (7) copy khasi boka  (4) copy khasi boka  (3) copy khasi boka  (6) copy khasi boka  (8) copy