इटहरीः संसारका सबैभन्दा अग्ला हिम शिखरहरू नेपालमा छन् । नेपालमा पनि प्रदेश नम्बर १ मै छन् । हिमालसँग जोडिएको पदयात्रा, पर्वतारोहण र हिमाली उडान सबै प्रदेश १ मा नै केन्द्रित छन् । तर, दुःखको कुरा हिमालसम्बन्धी पर्यटकीय व्यवसायहरू भने सङ्घीय राजधानी काठमाडौंमा केन्द्रित छन् ।
प्रदेश १ का हिमालयन पर्यटकीय प्रोडक्टहरू प्रदेशमै दिन सक्नुपर्ने पर्यटनसँग सरोकारवालाहरूको भनाइ छ । प्रदेश १ का विश्वकै अग्ला ११ हिमालहरू प्रदेशका ३ हिमाली जिल्लाहरूमा छन् ।
ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा फैलिएका छन् ती हिमालहरू । सङ्खुवासभामा एउटा र ताप्लेजुङ अनि सोलुखुम्बुमा ५÷५ वटा यी हिमाल रहेका छन् । यी हुन् प्रदेश नम्बर १ का ११ वटा विश्वका अग्ला चुचुराहरूः

१. सगरमाथा (८,८४८ मिटर)ः सोलुखुम्बु
२. ल्होत्से (८,५१६ मिटर)ः सोलुखुम्बु
३. छ्यो यु (८,२०१ मिटर)ः सोलुखुम्बु
४. ल्होत्सेसार (८,४०४ मिटर)ः सोलुखुम्बु
५. ल्होत्से मिडिल (८,४१० मिटर)ः सोलुखुम्बु
६. मकालु (८,४६३ मिटर)ः सङ्खुवासभा
७. कञ्चनजङ्घा (८,५८६ मिटर)ः ताप्लेजुङ
८. यालुङकाङ (८,५०५ मिटर)ः ताप्लेजुङ
९. कञ्चनजङ्घा साउथ (८,४७६ मिटर)ः ताप्लेजुङ
१०. कञ्चनजङ्घा सेन्ट्रल (८,४७३ मिटर)ः ताप्लेजुङ
११. यालुङकाङ वेस्ट (८,०७७ मिटर)ः ताप्लेजुङ