धरानः नेपाल तामाङ महिला घेदुङ, धरान–१५ को पहिलो साधारण सभा सम्पन्न भएको छ ।

महिला घेदुङ धरान–१५ का अध्यक्ष तारा बम्जन तामाङको अध्यक्षता र सचिव माया गोलेको सञ्चालनमा सम्पन्न भएको सभामा नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार एवम् प्रमुख अतिथि सुजेन्द्र गोले प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथि गोलेले तामाङ महिलाको आर्थिक, समाजिक, राजनीतिक, शैक्षिक स्तरोन्नतिका लागि नेपाल तामाङ घेदुङ र नेपाल तामाङ महिला घेदुङले ठोस नीति, योजना र कार्यक्रम बनाउनुपर्ने बताए ।

सभामा सचिव माया गोलेले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कोपिला तामाङले वार्षिक आयव्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश नं. १ का उपाध्यक्ष रामबहादुर ग्याबा, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा पाख्रिन, धरान नगर अध्यक्ष प्रेम वाइवा, नगर सचिव राम योञ्जन, नेपाल तामाङ महिला घेदुङ, सुनसरीका अध्यक्ष विष्णु मोक्तान उपस्थित थिए ।

त्यस्तै, १५ नं. वडा अध्यक्ष टङ्क योञ्जन, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ धरानका पूर्व अध्यक्ष तथा घेदुङ धरान–१५ का सल्लाहकार रमला पाख्रिन, ङ्यूने लाखाङ् गुम्बाका अध्यक्ष लोकबहादुर थिङ, टोल विकास समितिका अध्यक्ष टीका पाख्रिन पनि कार्यक्रममा सहभागी थिए ।

महिला घेदुङ, धरान–१५ की उपाध्यक्ष गङ्गा तामाङ, फूलबारी आमा समूह, धरान–१५ का अध्यक्ष जमुना खड्का, श्याम चोक सेवा समाजका अध्यक्ष टेकबहादुर राई लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

mahila ghedung (1)