बेलबारी: बेलबारी नगरपालिका वडा नम्बर २ ले गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय पोशाक, शैक्षिक सामग्री वितरण गरेको छ ।

कविर माध्यमिक विद्यालय तथा सिंहदेवी आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई कपी, पेन्सिल, विद्यालय पोशाक, झोला हस्तान्तरण गरिएको हो । कविर माध्यमिक विद्यालयका ३० जना र सिंहदेवी आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई सहयोग गरेको वडा नम्बर २ का वडा सदस्य खिना थापाले बताइन् । जेहेन्दार, बिपन्न, तथा दलित विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको वडाध्यक्ष घनश्याम गौतमले बताए ।

यसअघि नै बेलबारी नगरपालिकाले शैक्षिक सुधारका विभिन्न कार्यक्रम लागू गरिसकेको छ । विद्यार्थीहरूलाई खाजा खर्च विद्युतीय हाजिरी, उत्कृष्ट विद्यालय तथा विषयगत शिक्षकहरूलाई सम्मान गरेको प्रवक्ता योगेन्द्र सुवेदीले बताए ।