इनरुवाः हालै गठित यादव गोपाल सेवा समन्वय समितिले दशैं, तिहार र छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा जननिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान कार्यक्रम गर्ने भएको छ ।

समितिको बैठकले असोज २८ गते आइतबार नेपाल निर्माण व्यवसायी सङ्घ सुनसरीको पहलमा सो कार्यक्रम गर्ने निर्णय गरेको सदस्य सचिव जयकृष्ण यादवले जानकारी दिए । बैठकले स्थानीय, प्रदेश र सङ्घमा यादव समुदायबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रमलाई सफल पार्नका लागि विभिन्न समितिहरू निर्माण गरिएको बताइएको छ ।

कार्यक्रममा प्रदेश १ का वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्री जगदीश कुसियत, प्रतिनिधिसभा सदस्य प्रमिला यादव, गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव, कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष पुनितादेवी यादव लगायतकालाई सम्मान गर्ने भएको छ ।

त्यसैगरी, कोशी गाउँपालिका २ नं. वडाध्यक्ष हीरालाल यादव, ६ नं. वडाध्यक्ष इन्द्रदेव यादव, ८ नं. वडाध्यक्ष विन्देश्वर यादव, भोक्राहा नरसिंह गाउँपालिका ३ नं. वडाध्यक्ष शुकदेव यादव, ७ नं. वडाध्यक्ष रामचन्द्र यादव, बर्जु २ का वडाध्यक्ष आनन्द यादव, देवानगञ्ज गाउँपालिका ५ नं. वडाका वडाध्यक्ष अशोक यादव, ७ नं. वडाध्यक्ष बद्रीप्रसाद यादव, इनरुवा २ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादव तथा जिल्लाका यादव वडासदस्यहरूलाई समेतलाई सम्मान गर्ने संयोजक भुवनेश्वर यादवले जानकारी दिए ।

बैठकमा सहसंयोजक श्याम खेडबार, सचिव जयकष्ृण यादव, सहसचिव प्रमोद यादव र कोषाध्यक्षमा जितु खरेबार चयन भएका छन् । त्यसैगरी तयारी समितिका सदस्यहरूमा रामदेव यादव, ओमप्रकाश यादव, बद्धुनारायण यादव, देवकष्ृण यादव, अजय कुसियत, रमेश यादव, शुकदेव यादव, मनोज यादव, चनुचनु यादव, हलेश्वर यादव, ब्रहमदेव यादव र सतंोष यादव चयन भएका छन् ।

यता, तयारी समन्वय समिति गठन गरिएलगत्तै दशंैको अवसरमा शुभकामना आदानपद्रान कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ । समितिले दशँै, तिहार तथा छठ पर्वको अवसरमा यादव समुदायबीच शुभकामना आदानप्रदान गर्ने कार्यक्रम गरिने जनाएको छ ।