संखुवासभाः प्रधानमन्त्री केपी शर्मा ओलीले किमाथांका नाका र कोशी करिडोर अनुगम पछि त्रिदेशीय लिङ्क रोडले किमाथांकालाई सुगम बनाउने बताएका छन् । बुधबार अरुण तेस्रो आयोजनाको ड्याम्साइड स्थलमा भएको कार्यक्रमा कोशी करिडोडर सडक निर्माण पछि प्रदेश नम्बर १ कै विकासको ढोका खुल्ने भनाई प्रधानमन्त्री ओलीको छ ।
कोशी करिडोर, अरुण तेस्रो जलविधुत आयोजना लगायतका विकास निर्माणको काम सन्तोसजन रहेको ओलीले बताए । प्रम ओलीले अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको हवाई अनुगमन गरेका थिए । चिन, भारत र नेपाललाई जोड्न देशकै महत्वपुर्ण बाटो रहेको बताउँदै सरकारको प्राथमिकतामा रहेको बताए । सडक खण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिईसकिएको र सडक ट्रयाक ओपन भएपछि कालो पत्रेसम्मको काम क्रमश हुने उनको भनाई छ । ट्याक ओपन गर्न १४ किलोमिटर सडक बाँकी रहेकोले सडक छिटो बनाउन नेपाली सेनालाई कामको जिम्मा दिएको समेत बताए । सडक निर्माणपछि किमाथाङ्का निक्कै नजिक हुने प्रम ओलीले दावी छ । प्रधानमन्त्री ओलीले सम्वोधनको क्रममा उत्तर दक्षिण सडक बाह्रै महिना सञ्चालन हुने र निर्माणले देशको सम्बृद्धि हुने बताए । सडक निर्माणले चिन, भारत र नेपाललाई अन्तरदेशिय ब्यापार संग जोड्न सकिने भनाइ छ ।
अनुगमनका क्रममा अरुण तेश्रो जलविद्युत परियोजनाका कार्यकारी प्रमुख अरुण धिमानले प्रगति बिवरण पेश गरेका थिए । अरुण तेश्रोको अढाई बर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिसँगै सिलान्यास गरेको स्मरण गराउँदै भएको कामबाट आफु सन्तुष्ट रहेको बताए । अरुण तेश्रो मार्फत स्थानीयले मात्र नभएर देशले नै लाभ लिन सकिने भएकोले यसलाई सकरात्मक रुपमा लिनु पर्ने प्रम ओलीको भनाई छ । आफुले २ बर्ष अघि सम्यूक्त रुपमा सिल्यान्यास गरेको स्मरण गदै अहिले आयोजना निकै अगाडी बढेकोले निर्माण सम्पन्न पछि देशको आर्थिक सम्बृद्धिमा सहयोग पुग्ने बताए ।
फरक प्रसंगमा बोल्दै प्रम ओलीले आफु रहरले प्रधानमन्त्री नभई जनताले बनाएको उनको भनाई छ । प्रम ओलीले भने– ‘जनताले आवश्यक ठानेर प्रधानमन्त्री बनाएको हो, कोहि कसैले राजिनामा माग्नु ब्यर्थ हो’ । जनचाहना अनुसार आफुले सरकारको नेतृत्व गरिरहेकोले कसैले राजिनामा दिन लगाउनु जनचाहना बिपरित रहेको उनको दावी छ । पछिल्लो समय पार्टी फुटको हल्ला चलाईएकोले त्यस्ता कुराको विश्वास नगर्न समेत ओलीले आग्रह गरे । नेकपाको पार्टी अध्यक्ष भएको बताउदै पुरा कार्यकाल नेपाली जनताको शान्ति सुरक्षा र देशको संम्बृद्धि र विकासमा लागी पर्ने समेत प्रतिवद्धता ब्यक्त गरे ।

kp oli
जिल्ला समन्वय समितिमका प्रमुख सुमन शाक्यले प्रधानमन्त्री ओलीलाई जिल्लाको तर्पmबाट ज्ञापनपत्र दिदै लगानी बोर्ड र अरुण तेस्रोको विषयमा सतलज विद्युत निगम विच भएको पिडिएमा भएको सम्झौता प्रति असन्तुष्टि प्रस्तुत गरेका । उनले ज्ञापनपत्रमा सम्झौतामा भएको अरुण तेस्रोको बाँध स्थलभन्दा माथिल्लो तटिय क्षेत्रमा निर्माण हुने विद्युत परियोजनाबाट उत्पादित हुने विजुलीबाट प्राप्त हुने लाभ नेपाल सरकार र सतलज विद्युत निगम विच बराबर भागवण्डा गर्ने प्रावधान प्रति विरोध प्रस्तुत गरेका छन् ।
यसै गरि प्रधानमन्धी ओलीको संखुवासभा भ्रमणको आरम्भ देशको उत्तरी नाका किमाथांकाबाट भएको थियो । किमाथांकामा करिब दुई घण्टा विताएका प्रधानमन्त्रीले नाका सम्भाव्यताको बारेमा स्थानीय बासिन्दासँग छलफल गरेका थिए । स्थानीय वासिन्दा र निर्वाचित वडाध्यक्षकाो हैसियतले भोटखोला गाउपालिका वडा नं. १ वडाध्यक्ष तेन्छेवी शेर्पाले अरुण नदिमा तटबन्ध बनाईनुपर्ने कुरालाई प्राथमिकता दिएका थिए । त्यसै गरि उत्तर दक्षिण कोशी सडक आयोजनाको काम ट्रयाक ओपन गर्नेकाम तत्काल सुचारु गर्न माग गरेका थिए । सोही अवसरमा स्थानीय हिमालय आधारभुत विद्यालयका प्रधानाध्यापक फिन्जो भोटेले किमाथांकाको शैक्षिक अवस्थाको वर्णन गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको थिए । प्रतिउत्तरमा प्रधानमन्त्री आलीले तत्काल पाँच लाख रुपैयाँको अक्षय कोष खडा गरी शैक्षिक क्षेत्रमा लगानी गर्न आदेश दिएको कुरा प्रधानाध्यापक फिन्जो भोटेले बताए ।
प्रधानमन्त्रीको निरिक्षण कार्यक्रममा परेको च्याम्ताङ छुम्सुर खण्डको ट्रयाक ओपन गर्न सेनालाई जिम्मा दिइएको कामको प्रगती निरिक्षण गर्ने काम भने हुन सकेन । प्रधानमन्त्रीको स्वागतमा बसेका च्याम्ताङका बासिन्दाहरुले प्रधानमन्त्री चडेको हेलीकप्टर उडेको हेरेर चित्त बुझाएका छन् । अनुगमनमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ र प्रदेश १ का मुख्य मन्त्री शेरधन राईको पनि उपस्थिती रहेको थियो ।

IMG_4466