आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

  • मंसिर १, २०७७
  • १२२ पटक पढिएको
  • रासस
alt

काठमांडौः पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले सोमबार एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ । हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ ।

त्यस्तै प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानहरुलगायत गण्डकी, बागमती र प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सोमबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । -रासस

प्रतिक्रिया दिनुहोस

आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा निर्यातमा वृद्धि, आयातमा गिरावट

काठमांडौः चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भन ...

इटहरीमा ३१ पिन्ट रगत संकलन

इटहरीः सुनसरीको इटहरी उपमहानगरमा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१ रगत संकलन भएको छ । नेपाल र ...

महिला हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु, इटहरी, र धरानमा हिंसाको अवस्था कस्तो छ ?

इटहरीः आज महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवस । आजैका दिनबाट महिला हिंसा विरुद् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved