इटहरी: भेडेटार होटल एसोसिएसन सङ्घको अध्यक्षमा जीतेन्द्र रुम्दाली चयन भएका छन् । आइतबार बसेको सङ्घको अधिवेशनले उनलाई नयाँ कार्यसमितिको नेतृत्वमा चुनेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गजेन्द्रमणि राई, उपाध्यक्षमा शान्ति श्रेष्ठ, महासचिवमा अशोक राई र कोषाध्यक्षमा जसुजनम राई रहेका छन् ।
त्यस्तै, सचिवमा तुमराज लिम्बू, सचिवमा जितु राना, सह कोषाध्यक्षमा रामकाजी गुरुङ र रमेश श्रेष्ठ रहेका छन् । सदस्यमा प्रेमकुमार राई, गणेश लावती, निशा श्रेष्ठ, राम ढकाल, माधव लुइँटेल, कोपिला लावती, ताराकुमार राई, प्रेम याम्फू, माया लिम्बू, नवराज धापा, सुमिता मगर र रमेश बोहरा रहेका छन् ।
सङ्घको नेतृत्व सम्हालेपछि रुम्दालीले विभिन्न कार्ययोजना सार्वजनिक गरेका छन् । उनले भेडेटारलाई पर्यटकीय सूचना केन्द्रको रूपमा विकास गर्ने लक्ष्य लिँंदै त्यसका लागि आफ्नो नेतृत्वको टीम लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले प्रदेश १ पर्यटकीय क्षेत्रको ग्यालरी रहेको भन्दै भरपर्दो सूचनाको अभावमा एक ठाउँमा आएका पर्यटक अन्य स्थानमा जान नसकेको आफ्नो अनुभव सुनाए ।
त्यसगरी होटलले दिने सेवा सुविधामा बढी जोड दिनु आवश्यक रहेको भन्दै यसबारे सचेत रहन विभिन्न योजना ल्याएको उनले बताएका छन् ।
उनले पर्यटकको सुरक्षा पहिलो प्राथमिकतामा राख्ने भन्दै यस बारेमा सबै पक्षसँग मिलेर काम गर्ने बताएका छन् ।