उर्लाबारीः मोरङको रतुवामाई नगरपालिकाले नगरका अगुवा किसानलाई स्वरोजगार कार्यक्रम अन्तर्गतको पहिलो किस्ताको अनुदान रकम हस्तान्तरण गरेको छ ।
नगरप्रमुख रविन राई, उप–प्रमुख दमयन्तादेवी चुडाल र प्रमुख प्रशासकीय अधिकृत मदन घिमिरेको उपस्थितिमा रु ४० हजारका दरले ६८ जना किसानलाई अनुदानको रकम दिइएको हो ।
रकम प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख राईले नगरको बेरोजगारी समस्यालाई हल गर्दै कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्दै लैजान किसानलाई प्रोत्साहन गर्न नगरले यस्तो कार्यक्रम ल्याएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत मदन घिमिरेले नगरले जुन उद्देश्यले रकम अनुदान दिएको हो सोही अनुसार प्रयोग गर्दै सफल व्यावसायिक किसान बन्न शुभकामना दिएका थिए ।