इटहरीः कृषिको आधुनिकीकरणबिना समृद्धि असम्भव भएको प्रदेश १ का मुुख्यमन्त्री शेरधन राईले बताएका छन् । इटहरी–४ मा रहेको समावेशी कृषि बजारको आज उद्घाटन गर्दै राईले समृद्धिको मूल आधारलाई आधुनिकीकरण गर्दै विकासको पथमा लम्किनुुको विकल्प नभएको बताएका हुन् ।

प्रदेश सरकारले कृषिलाई मूल प्राथमिकतामा राखेको भन्दै यसको विकास र बिस्तारमा सरकार योजनाबद्ध रूपमा अघि बढेको जानकारी दिए । हरेक गाउँमा कोल्ड स्टोर राख्नुपर्ने आवश्यकता रहेको भन्दै किसानले उचित मूल्य पाए मात्र कृषिको व्यावसायिकता सम्भव हुने उनले बताए । साना किसानलाई सहकारीमार्फत् र ठूलालाई कम्पनीमार्फत् समेट्दै सबै क्षेत्रका किसानको समूह बनाई आधुनिक औजार र उपकरणको सहायताले उत्पादन वृद्धितर्फ जानुपर्ने उनको धरणा थियो ।

प्रदेश १ मा उत्पादनको हिसाबले उत्कृष्ट माटो भएको स्थान रहेको भन्दै यहाँको उत्पादनले मुलुकभर खाद्यान्न पुुग्ने मात्र नभई विदेश निर्यात गर्न समेत सकिने भन्दै त्यस बारेमा प्रदेश सरकार गृहकार्यमा जुुटेको जानकारी समेत उनले दिए ।

समावेशी डिपार्टमेन्ट एण्ड कृषि बजार बिचौलियामुक्त बजारको रूपमा रहेको संस्थाका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उनले किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले सहुलियत दरमा कृषि उपज प्राप्त गर्ने थलो रहेको भन्दै यसको शाखा बिस्तारै थप्दै जाने बताए ।
उक्त बजारमा करिब ३ करोड रुपैयाँको लगानी रहेको जानकारी दिइएको छ ।

sherdhan rai