इटहरीः बुधबार बिहान प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवासमा एक जना ह्वील चेयरबाट आए । कम्मरदेखि तलको शरीरको भाग पूरै नचल्ने पूर्ण अपाङ्गता भएका ती व्यक्ति कुनै सहयोगको याचना गर्न आएका थिएनन् । न त उनी कुनै जागिरको माग गर्न नै आएका थिए ।


बिहान अचानक मुख्यमन्त्री निवासमा आएका सञ्जय वान्तवा मुख्यमन्त्रीको स्केच बुझाउन आएका थिए । वान्तवासँग मुख्यमन्त्रीको पहिले चिनजानसमेत थिएन । सङ्घीय राजधानी काठमाडौबाट प्रदेश १ को अस्थायी राजधानीको मुख्यमन्त्री निवासमा आएका वान्तवाले मुख्यमन्त्रीको तस्बिर आफैँले बनाएर ल्याएका थिए ।

cm 3
मुख्यमन्त्री राईले सुन्दर आर्ट गरिएको तस्बिर यसरी अपरझट आफूले उपहार पाउँदा ‘सरप्राइज’ भएको बताए । यस बारेमा मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईं पूर्ण अपाङ्ग भएर पनि तपाईले गर्नुभएको अध्ययन र तपाईंको कला र सीपको म सलाम गर्छु ।’

cm 1