धरानः तामाङ जातिको गोले थरको १ नं. प्रदेशस्तरीय भेला धरानमा सम्पन्न भएको छ ।

५ वर्ष अघि गठन भएको गोले तामाङ वंश उत्थान समाजले राज्यको नयाँ संरचना अनुसार प्रदेश र स्थानीय तहमा समेत सङ्गठनको ढाँचा बनाई सङ्गठन बिस्तार गर्ने बताइएको छ ।

सुनसरीका मैतबहादुर गोलेको अध्यक्षतामा सो भेलाले नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गोविन्द गोले (सङ्खुवासभा), सचिवमा लक्ष्मीप्रसाद गोले (सुनसरी), कोषाध्यक्षमा सोमनाथ गोले (झापा) चयन भएका छन् ।

त्यस्तै, सदस्यमा जयबहादुर गोले (भोजपुर) दलमान गोले (इलाम), सन्त गोले (पाँचथर), नरेशमोहन गोले (उदयपुर), सीता गोले (मोरङ) छानिएका छन् । दिलबहादुर गोले (ओखलढुङ्गा), मानबहादुर गोले (धनकुटा) र याम गोले (सुनसरी) सदस्य रहेको १ नं. प्रदेश तदर्थ समिति समेत गठन भएको बताइएको छ ।

भेलाले खोटाङ, तेह्रथुम र ताप्लेजुङबाट एक÷एक जना सदस्य थप गर्ने जनाएको छ । सुजेन्द्र गोले, रविन गोले, कृष्ण गोले, डम्बर गोले, भक्त गोले, ज्ञानबहादुर गोले, पूर्णिमाया गोले र ईश्वर गोलेलाई सल्लाहकारमा चयन गर्ने निर्णयसमेत सो भेलाले निर्णय गरेको छ ।

भेला आयोजक समितिका संयोजक एवम् गोले वंश उत्थान समाजका केन्द्रीय सदस्य रविन गोलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष जयप्रसाद गोले, पूर्व सांसद दावा गोले, अखिल भारत बौद्ध तामाङ सङ्घका केन्द्रीय उपाध्यक्ष दावा गोलेलगायतको उपस्थिति थियो ।

नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष सीता गोले, केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, केन्द्रीय सदस्य मैतबहादुर गोले, नेपाल तामाङ संस्कृति घेदुङका महासचिव एवम् गायक छेवाङ तेन्जिङ लामा, प्राध्यापक गोविन्द गोले लगायतले मन्तव्य राखेका थिए ।

news for gole  (2) news for gole  (3)