प्लाष्टिक फोहर व्यवस्थापनमा स्थानीयवासी

  • पुस ६, २०७७
  • १३८ पटक पढिएको
  • रासस
alt

भोजपुरः प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीयवासी जुटेका छन् ।

उनीहरुले स्थानीयस्तरमा पाइने कच्चापदार्थ प्रयोग गरेर स्थानीय भाषामा भुकान अर्थात फोहर फाल्ने टोकरी निर्माण गरेर घरघरमा तथा सार्वजनिकस्थलमा राख्न थालेका छन् । फोहर तथा प्लाष्टिकजन्य फोहर व्यस्थापन गर्न भुकान अर्थात फोहर हाल्ने डस्बिनलाई स्थानीयस्तरमा पाइने बाँस, निगालो, मालिङ्गोलगायत प्रयोग गरेर निर्माण गर्दै आएको १८ वर्ष पुगेको अवसरमा वातावरण सचेतना कार्यक्रम गरिएको छ । प्लाष्टिकजन्य वस्तुलाई जथाभावी फाल्दा वातावरणमा प्रदूषण हुने साथै फोहर राख्नका लागि पनि धातु तथा प्लाष्टिकबाट बनेका भुकान अर्थात फोहर फाल्ने टोकरी बजारबाट किनेर प्रयोग गर्ने प्रचलन रहेकाले स्थानीय स्रोत साधनबाट बनेका सामग्रीको प्रवद्र्धन गर्न आवश्यक रहेको स्थानीय समाजसेवी तथा सङ्गम जडीबुटी उद्योगका सञ्चालक सङ्गम राईले बताए ।

राईले भुकानको विस्तार गर्दै वातावरणीय क्षेत्रको सरसफाइमा जुट्दै आएको सिक्की सङ्घ नेपाललाई सङ्गम जडीबुटी उद्योगका तर्फबाट दश हजारसमेत सहयोग गरे । सिक्की सङ्घ नेपालका अध्यक्ष नीरकुमार राईले आफूले सङ्घको स्थापना गरेर वातावरणका विकासमा जुटेको बताए । उनले आफैँले बनाएर सङ्घका लागि दुई सय १८ वटा भुकान वितरण गरेको जानकारी दिए । वडाध्यक्ष नरबहादुर राईले सिक्की सङ्घले गरिरहेको काममा वडा कार्यालयले पनि सहाकार्य गरेर वातावरणीय सरसफाइमा जुट्ने बताए । -रासस

प्रतिक्रिया दिनुहोस

रकम अभावमा हड्डीको क्यान्सरबाट पीडित बालिकाको उपचार प्रभावित

इटहरीः खोटाङको नुन्थला १३ घर भएकी हड्डीको क्यान्सरबाट पीडित १० वर्षीया बालिका सरिता विश्वकर्मालाई उप ...

दाहसँस्कार भइसकेको राजतन्त्र ब्युँताउनु निरर्थकः पहाडी

इटहरीः सुनसरीको इटहरीस्थित कबिर माध्यमिक विद्यालयमा आज मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाले एक ...

वियोगान्त प्रेमकथामा उदय भट्टराईको "किन माया लाउँछ" सार्बजनिक (भिडियो सहित)

इटहरीः धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved