झापाः साना किसान कृषि सहकारी संस्था लि बाहुनडाँगीले गत आर्थिक वर्षमा २५ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ ।
संस्थाको १५ औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष तुलसी ढुङ्गानाले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो जानकारी दिइएको हो ।
साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उप प्रमुख मीना पोखरेल उप्रेतीले सहकारी देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको बताइन् ।
कार्यक्रममा ज्येष्ठ सदस्य कृष्णमाया लामिछाने, उत्कृष्ट ऋणी तारा आचार्य, टीकादेवी भुजेल, विष्णु शिवाकोटी, डम्बरकुमारी बिडारी, भरत रणपहेली, नारायणप्रसाद न्यौपाने, फूलमाया लिम्बू, प्रेममाया तामाङ र नम्रता तामाङलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट बचतकर्ताको सम्मान रणमाया थापा, गीता आचर्य, नरेन्द्र पौडयाल र रीता ढकालले पाए । उत्कृष्ट अन्तर समितिमा समूह ५ का अध्यक्ष गीता आचार्यलगायतलाई सम्मान गरिएको थियो ।