वासिङ्टनः अमेरिकी नागरिकले फेरि दुई हजार डलर राहतका रुपमा पाउने भएका छन् ।
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले कोरोना भाइरसको महामारीबाट प्रभावित भएका नागरिकलाई दुई हजार डलर रकम प्रदान गर्ने प्रस्तावमा सहमति जनाएको हो । डेमोक्र्याटको बहुमत रहेको तल्लो सदन ९२७५–१३४० ले राहत रकम ६ सयबाट दुई हजार बनाउने व्यवस्था पारित गरेको हो । राहत प्याकेजसम्बन्धी विधेयकमा हस्ताक्षर गर्न अस्वीकार गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बल्ल हस्ताक्षर गरेका थिए ।
तर डेमोक्रेट बहुल तल्लो सदनले ट्रम्पकै माग बमोजिम राहतलाई दुई हजार बनाउन सहमति दिएको हो । यस सम्बन्धमा अन्तिम निर्णय भने ट्रम्पकै पार्टी रिपब्लिकनको नियन्त्रणमा रहेको माथिल्लो सदन सिनेटले गर्नेछ । राहत रकम बढाउने प्रस्तावको विपक्षमा १३० रिपब्लिकन, दुई स्वतन्त्र र दुई डेमोक्र्याट रहेका थिए । अमेरिकाले कोरोना भाइरसका कारण अवसर गुमाएकाहरुलाई राहत रकम तिरण गर्दै आएको छ । -एजेन्सी