इटहरीः मोरङको बेलबारी नगरपालिकाले एकै पटक सात वटा वडामा वडा कार्यालयहरु निर्माण गर्ने भएको छ।
नगरपालिकाको आफ्नै वडा कार्यालयहरु नहुँदा भाडामा काम चलाउनुपर्ने भएकोले आर्थिक व्ययभार सँगसँगै दैनिक सेवा प्रवाहमा समेत असजिलो भएकोले आफ्नै कार्यालय बनाउन लागिएको नगरपालिकाको कार्यालयले बताएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी वडा नं ६ को वडा कार्यलय शिलान्यास गरिएको वडाध्यक्ष उदयबहादुर राईले बताए ।
बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी,नगर उपप्रमुख ढाकाकुमारी पराजुली र वडाध्यक्ष उदय बहादुर राईले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा वडा सदस्यहरु धनमाया वि क,लक्ष्मण यादव र मुकेशकुमार मण्डल र वडाका कर्मचारीहरुको उपस्थित थियो ।