नाइजेरियामा सुरक्षाकर्मीहरूले उत्तरी अबुजा सहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौजनाको ज्यान गएको छ ।
उनीहरू सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्नेबारेमा भने केही पनि बताइएको छैन । स्थानीय अधिकारीहरूले अबुजा सहरमा केही समय अघिदेखि सशस्त्र समूहले स्थानीय नागरिकलाई दुःख दिएको बताएका थिए । त्यसैले सो सहरमा ठूलो संख्यामा प्रहरी परिचालन भएका हो । प्रहरी कारबाहीमा परेर सोमबार राति उनीहरू मारिएको जानकारी यहाँका अधिकारीहरूले मंगलबार गराएका थिए । उक्त सहरमा रातिको समयमा बन्दुकधारीहरू लुट्नका लागि आउने गरेका थिए । उनीहरूलाई नै लक्षित गरेर प्रहरीले सुरक्षा कारबाही चलाएको थियो ।
अबुजा सहर यहाँको कादुना राज्यमा पर्दछ । कादुना राज्यका प्रहरी प्रमुख स्यामुअल अरुवानले सो क्षेत्रमा प्रहरीले गरेको कारबाहीमा मारिएकाहरूको पहिचानको खोजी भइरहेको जानकारी दिए । लुटेराहरूले आतंक मच्चाएको भनिएका क्षेत्रमा प्रहरीले एम्बुस थापेर बसेको थियो । एम्बुसलाई पनि छलेर भाग्न खोजेपछि प्रहरीले उनीहरूमाथि गोली चलाएको प्रहरी कमिसनार स्यामुअलले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा नाइजेरियमा सशस्त्र विद्रोह गरिरहेका आतंंककारी समूहका व्यक्तिहरूको पनि बस्ती रहेकोले उनीहरूको खोजीका लागि पनि प्रहरी परिचालन गरिएको छ । -रासस/सिन्ह्वा