गंगा पोद्धार
इटहरीः सुनसरीको इटहरीस्थित रानी विराटनगर इटहरी धरान सडक योजना कार्यालयले कोसी राजमार्ग अन्तर्गतको रानी विराटनगर इटहरी धरान खण्डको निर्माण कार्यलाई तिव्रता दिएको छ । ३२.६१५ किलोमिटर लम्बाइको सडक निर्माणका लागि विभिन्न १९ ओटा ठेकेदार कम्पनीसँग सम्झौता गरी निर्माणकार्य अगाडि बढाइएको कार्यालयका सब इन्जिनियर दामोदर भट्टराईले बताए । उनका अनुसार सम्झौता गरिएकामध्ये तीन ओटा खण्डको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । आशिष अपेक्स रोषन जेभीले निर्माणको जिम्मा पाएको रानी९नहर खण्डको काम ९८ प्रतिशत सम्पन्न भएको छ । २०७२ असार २८ गते सम्झौता भई २०७५ असार २७ गते सम्पन्न गर्ने लक्ष्य रहेकोमा सो म्यादभित्र योजना सम्पन्न नभएपछि योजनाको म्याद २०७६ भदौ ३० गते दोस्रो पटक २०७६ चैत ३० गते सम्मका लागि थप गरिएको थियो ।
भ्याटसहित् ७७ करोड पाँच लाख ५४ हजार तीन सय १० रुपैयाँ लागत अनुमान गरिएको रानी नहर आयोजना निर्माणमा हालसम्म ७५ करोड ५६ लाख ४७ हजार तीन सय ७० रुपैयाँ खर्च भएको छ । यस योजनाको निर्माणमा विनियोजित बजेटमध्ये ९७ प्रतिशत खर्च हुँदा निर्माण कार्यमा ९८ प्रतिशत प्रगति देखिएको छ ।
कञ्चनजङ्गा पीएस गीताञ्जली जेभीले निर्माण गरिरहेको बरगाछी एयरपोर्ट खण्डको कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । २०७० असार २८ गते सम्झौता भई सोको दुई वर्ष अर्थात् २०७२ असार २७ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा समयमा सम्पन्न हुन नसकेपछि २०७५ असोज ३१ गते दोस्रो पटक थपिएको म्याद अनुसार २०७७ साउन २४ गते सम्पन्न गर्ने लक्ष्य रहेको बरगाछी एयरपोर्ट खण्ड भ्याटसहित ३० करोड १४ लाख ४५ हजार एक सय ६० रुपैयाँमा ठेक्का लगाइएको थियो । २४ करोड तीन लाख ३८ हजार ७० रुपैयाँको खर्चमा हालसम्म आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको छ । यो प्रगति प्राप्त गर्न ठेकेदार कम्पनीले विनियोजित बजेटको ७९।७३ प्रतिशत रकम मात्र खर्च गर्नुपरेको देखिन्छ ।
धुकुछु काञ्छाराम हिम्दुङ जेभीको समूहले निर्माण गरिरहेको एयरपोर्ट गेट डीडीसी खण्डको निर्माण ९८ प्रतिशत सम्पन्न भएको छ । २०७० साल असार २७ गते सम्झौता भई २०७२ असार २७ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा सो हुन नसकेपछि २०७५ पुस २७ गते दोस्रो पटक म्याद थप गरिएको एयरपोर्ट गेट डीडीसी खण्डको निर्माण २०७७ असार २४ गते सम्पन्न गर्ने लक्ष्य रहेको थियो । यस खण्डको निर्माणका लागि भ्याटसहित २८ करोड ३३ लाख २६ हजार २० रुपैयाँमा ठेक्का लगाइएको थियो । हालसम्म यस खण्डमा २८ करोड ११ लाख ८१ हजार आठ सय ४० रुपैयाँको खर्चमा ९८ प्रतिशत निर्माण सम्पन्न भएको छ । हाल खर्च भएको बजेट कुल विनियोजित बजेटको ९७ प्रतिशत हो ।
यसैगरी, शर्मा कान्छाराम जेभीले निर्माणको ठेक्का पाएको डीडीसी टंकी खण्डको निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । २०७१ माघ २० गते सम्झौता भई २०७३ माघ १९ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा सो हुन नसकी २०७६ फागुन ३० थप गरिएको म्याद अनुसार २०७७ जेठ २५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको सडक भ्याटसहित ४५ करोड ३८ लाख ७९ हजार ६ सय ६० रुपैयाँमा ठेक्का लगाइएको थियो ।
हालसम्म ३७ करोड ६७ लाख ६० रुपैयाँ आयोजना निर्माणमा खर्च भइसकेको देखिन्छ । हालसम्म यस खण्डको निर्माणमा विनियोजित कुल बजेटको ८३ प्रतिशत रकम खर्च भएको छ । शर्मा कान्छाराम जेभीले नै निर्माण गरिरहेको टंकी बाँसबारी खण्डको काम हालसम्म ५० प्रतिशत मात्र सम्पन्न भएको छ ।
२०७१ माघ २० गते सम्झौता भई २०७५ असार २५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा सो हुन नसकी दोस्रो पटक २०७६ चैत ३० गते म्याद थप गरी २०७७ पुस ९ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । दोस्रो पटक निर्धारण गरिएको समयमा पनि ५० प्रतिशत मात्र प्रगति हुन सकेको हो । यस खण्डको निर्माणका लागि ४६ करोड चार लाख ७५ हजार ६ सय ८० रुपैयाँमा ठेक्का लगाइएको थियो । हालसम्म गरिएको निर्माण कार्यमा २२ करोड ३३ हजार तीन सय रुपैयाँ खर्च भएको देखिन्छ । यो रकम कुल विनियोजित बजेटको ४७.७८ प्रतिशत हो । अपिल पप्पु जेभीले ठेक्का लिएको बरगाछी डीडीसी खण्डको नाला निर्माण तथा पोल सार्ने कार्य ७० प्रतिशत सम्पन्न भएको आयोजना कार्यालयका प्रवक्ता इन्जिनियर उपेन्द्र दासले बताए ।
२०७१ माघ २९ गते सम्झौता भई २०७३ माघ २८ गते सम्पन्न गर्ने लक्ष्य राखिएकोमा सो हुन नसकेपछि २०७५ पुस ३० गते दोस्रो पटक म्याद थप गरी २०७७ असार २ गते सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएकोमा सोसमेत हुन नसकी हालसम्म ७० प्रतिशत मात्र प्रगति भएको हो । यो खण्डमा नाला निर्माण तथा पोल सार्ने कार्यका लागि भ्याटसहित १४ करोड ८४ लाख १२ हजार ४० रुपैयाँमा ठेक्का लगाइएको थियो । कुल विनियोजित रकममध्ये हालसम्म भएको निर्माण कार्यमा आठ करोड ७२ लाख १३ हजार दुई सय २० रुपैयाँ खर्च भएको देखिएको छ । यो रकम कुल बजेटको ५८.७६ प्रतिशत हो । कालिका कान्छाराम जेभीले निर्माणको जिम्मा पाएको नहर एसलाल पम्प खण्डको निर्माण कार्य हालसम्म ७५ प्रतिशत मात्र पूरा भएको छ ।२०७३ असार २८ गते सम्झौता भई २०७५ असार २८ गते सम्पन्न गर्ने लक्ष्य राखिएकोमा सो सम्भव नभएपछि २०७७ जेठ १५ गते म्याद थप भई २०७७ पुस ९ गते सम्पन्न गर्ने लक्ष्य पाएकोमा सो म्यादभित्र पनि निर्माण सम्पन्न हुन सकेको छैन । यो खण्डको निर्माणका लागि भ्याटसहित ७० करोड ३३ लाख ५३ हजार एक सय १० रुपैयाँमा ठेक्का लगाइएकोमा हालसम्म ५० करोड ४५ लाख ८९ हजार ६ सय १० रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजित रकमको ७१।७४ प्रतिशत हो । एमएस तुन्डिरमण जेभीले निर्माणको ठेक्का पाएको एसलालपम्प बरगाछी निमुवा बुढी खोेला खण्डको निर्माण ६० प्रतिशत सम्पन्न भएको ।
२०७३ भदौ २४ गते सम्झौता भई २०७५ फागुन २३ गते सम्पन्न गर्ने लक्ष्य राखिएकोमा सो सम्भव नभएपछि २०७७ असार १० गते म्याद थप गरी २०७७ फागुन ६ गते सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजना भ्याटसहित ५२ करोड ७० लाख ७० हजार तीन सय ७० रुपैयाँमा ठेक्का लगाइएको थियो । त्यस खण्डको निर्माण कार्यमा हालसम्म २७ करोड ९८ लाख ९७ हजार पाँच सय २० रुपैयाँ खर्च भएको छ । यो रकम कुल ठेक्का बजेटको ५३.१० प्रतिशत हो ।
एमएस तुन्डिरमण जेभीले निर्माणको ठेक्का लिएको दुहबी जुटमिल खण्डको निर्माण हालसम्म ५५ प्रतिशत सम्पन्न भएको छ । २०७३ भदौ २४ गते सम्झौता भई २०७५ फागुन २३ गते सम्पन्न गर्ने लक्ष्य राखिएकोमा सो सम्भव नभएपछि २०७७ जेठ २२ गते आयोजनाको म्याद थप गरी २०७७ पुस १४ गते सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएकोमा सो अवधि व्यतित भइसक्दासमेत आयोजनाको कार्यप्रगति ५५ प्रतिशत मात्र देखिएको हो । भ्याटसहित ५७ करोड तीन लाख ५७ हजार सात सय रुपैयाँमा ठेक्का लगाइएको आयोजना निर्माणमा हालसम्म २८ करोड ४१ लाख ८२ हजार दुई सय ६० रुपैयाँ खर्च भएको छ । यो कुल ठेक्का बजेटको ४९.८३ प्रतिशत हो । यसरी हेर्दा आयोजनाको काममा ४९।८३ प्रतिशत बजेटको खर्चमा ५५ प्रतिशत निर्माण कार्य भएको देखिन्छ । एमएस तुन्डिरमण जेभीले नै निर्माण गरिरहेको जुटमिल खनार खण्डको काम ५५ प्रतिशत सम्पन्न भएको छ ।
२०७३ भदौ २४ गते सम्झौता भई २०७५ फागुन २३ गते सम्पन्न गर्ने लक्ष्य रहेकोमा सो सम्भव नभएपछि २०७७ असार १० गते थप गरिएको म्याद अनुसार २०७७ फागुन ६ गते योजना सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
भ्याटसहित ५५ करोड ९६ लाख ७० हजार ७० रुपैयाँमा ठेक्का लगाइएको आयोजना निर्माणमा हालसम्म २७ करोड ६० लाख ६७ हजार नौ सय ८० रुपैयाँ खर्च भएको छ । यो रकम कुल ठेक्का बजेटको ४९.३३ प्रतिशत हो । यसैगरी, एमएस तुन्डिरमण जेभीले नै निर्माण गरिरहेको खनार इटहरी खण्डको निर्माण कार्य हालसम्म ३० प्रतिशत मात्र सम्पन्न भएको छ । २०७३ भदौ २४ गते सम्झौता भई २०७५ फागुन २३ गते सम्पन्न गर्ने लक्ष्य राखिएकोमा सो समयभित्र निर्माण पूरा नभएपछि २०७७ जेठ २२ गते थप गरिएको म्याद अनुसार २०७७ पुस १४ गतेसम्म निर्माण सम्पन्न गर्ने परिमार्जित लक्ष्य रहेको थियो । भ्याटसहित ५६ करोड २६ लाख ६३ हजार ६० रुपैयाँमा ठेक्का लगाइएको यो सडकखण्डको निर्माणमा हालसम्म १५ करोड आठ लाख ३२ हजार चार सय ३० रुपैयाँ खर्च भएको छ ।
यो रकम कुल ठेक्का बजेटको २६।८१ प्रतिशत हो । यसैगरी, स्वच्छन्द कान्छाराम सैलुङ जेभीले निर्माणको ठेक्का पाएको इटहरी आँपगाछी यातायात खण्डको निर्माण हालसम्म ३५ प्रतिशत सम्पन्न भएको छ । २०७४ असोज २० गते सम्झौता भई २०७६ चैत १९ गते सम्पन्न गर्ने लक्ष्य राखिएकोमा निर्धारित समयमा निर्माण पूरा नभएपछि आयोजनाको म्याद २०७८ असार १९ गतेसम्मका लागि थप गरिएको छ । भ्याटसहित ९१ करोड ६३ लाख ५२ हजार ६ सय ६० रुपैयाँमा ठेक्का लगाइएको यो आयोजना निर्माणमा हालसम्म २७ करोड १४ लाख ७७ हजार ६ सय रुपैयाँ खर्च भएको छ । यो रकम कुल ठेक्का बजेटको २९।६३ प्रतिशत हो । यसैगरी, आशिष सन्तोषी लुम्बिनी जेभीले निर्माणको ठेक्का पाएको आँपगाछी यातायात तरहरा खण्डको निर्माण हालसम्म ६५ प्रतिशत सम्पन्न भएको छ । २०७४ कात्तिक ६ गते सम्झौता भई २०७७ वैशाख १९ गते सम्पन्न गर्ने लक्ष्य राखिएकोमा निर्धारित समयमा निर्माण पूरा हुन नसकेपछि आयोजनाको म्याद २०७७ फागुन १३ गते सम्मका लागि थप गरिएको छ । भ्याटसहित ८९ करोड नौ लाख ५८ हजार पाँच सय रुपैयाँमा ठेक्का लगाइएको यो आयोजना निर्माणमा हालसम्म ५३ करोड १६ लाख ७६ हजार नौ सय ७० रुपैयाँ खर्च भएको छ । यो रकम कुल ठेक्का रकमको ५९।६७ प्रतिशत हो ।
यसैगरी, कान्छाराम कन्स्ट्रक्स्नले नाला निर्माणको ठेक्का पाएको बाँसबारी निमुवा खण्डमा हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ । २०७४ पुस २५ गते सम्झौता भई २०७७ असार २४ गते सम्पन्न गर्ने लक्ष्य राखिएकोमा सो मितिमा निर्माण सम्पन्न गर्न नसकेपछि आयोजनाको म्याद २०७७ फागुन १३ गतेसम्मका लागि थप गरिएको छ । भ्याटसहित ३१ करोड ४९ लाख ८८ हजार ६ सय रुपैयाँमा ठेक्का लगाइएको यस खण्डको निर्माणमा हालसम्म ११ करोड ७३ लाख ९५ हजार नौ सय १० रुपैयाँ खर्च भएको छ । यो रकम कुल ठेक्का बजेटको ३७।२७ प्रतिशत हो । यसैगरी, एमएस सपना देव एन्ड सायरभूमि जेभीमार्फत् निर्माण भइरहेको बुढी खोलाको पुलको निर्माण कार्य २७ प्रतिशत सम्पन्न भएको छ ।
२०७४ फागुन २३ गते सम्झौता भई २०७७ भदौ २२ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पुल निर्धारित मितिमा निर्माण गर्न नसकिएपछि २०७७ चैत ८ गते सम्मका लागि आयोजनाको म्याद थप गरिएको छ । भ्याटसहित २४ करोड ७८ लाख ४१ हजार ६ सय ५० रुपैयाँमा ठेक्का लगाइएको यो पुल निर्माणको कार्यमा हालसम्म पाँच करोड ७२ लाख एक हजार सात सय ३० रुपैयाँ खर्च भएको छ । यो रकम निर्माण सम्पन्न हुन लाग्ने कुल लागतको २३.०८ प्रतिशत हो ।
यसैगरी, केडीएस सहारा जेभीले निर्माण गरिरहेको इटहरी आँपगाछी यातायात खण्ड सन् २०१८ को अक्टोबर १४ मा सम्झौता भई २०७६ चैत २६ गते सम्पन्न गर्ने लक्ष्य रहेकोमा हालसम्म सम्पन्न हुन सकेको छैन भने म्याद थपसमेत नभएको देखिन्छ । सोही ठेकेदार कम्पनीले सोही मितिमा सम्झौता गरेको बाँसबारी निमुवा खण्डको निर्माणसमेत २०७६ चैत २६ भित्र नै सम्पन्न हुनुपर्नेमा हालसम्म पूरा हुन नसकी म्याद थपसमेत गरिएको छैन । यता, हिम्दुङ प्यासिफिक जेभीले निर्माणको जिम्मा पाएको तरहरा सेउति खोला खण्डको निर्माणका लागि २०७७ असार ५ गते सम्झौता भई २०८० असार ४ गते सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य जारी रहेको छ ।
यसैगरी, रतहा कन्स्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का पाएको सेउति खोला धरान खण्डको निर्माणका लागि २०७७ असार ५ गते नै सम्झौता भई २०८० साल असार ४ गते सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य जारी रहेको छ । रानी विराटनगर इटहरी धरान सडक योजनाको समग्र भौतिक प्रगति ६३ प्रतिशत र हालसम्मको निर्माण कार्यमा भएको समग्र बजेट खर्च कुल बजेटको ५८ प्रतिशत रहेको रानी विराटनगर इटहरी धरान सडक योजना कार्यालयले जनाएको छ ।