इटहरीः २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकिकरण दिवसका दिन इटहरीमा आयोजना हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै पृथ्वी नारायण साह नेपालको गौरवको इतिहास भएकाले ७ वर्ष अगाडिदेखि इटहरीमा हुँदै आएको कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइने मुल समारोह समितिले जानकारी दिएको छ ।

आयोजकका अनुसार यो वर्ष पृथ्वी नारायणको भेष धारण गरेका व्यक्तिलाई घोडसवार गरेर इटहरी परिक्रमा गराई भएको छ । त्यस्तै यो वर्ष पञ्चेबाजा सिप विकासका महिलाहरुले बजाउने आयोजकले जानकारी दिएको छ । हामीले कुनै शक्ति सामु झुक्नु नपरेको र संधै स्वतन्त्र रहेको स्वर्णिम इतिहाँस नयाँ पुस्तालाई हस्तान्त्रण गर्दै लैजने प्रयास स्वरुप कार्यक्रम गर्न लागिएको संयोजक कृष्ण बहादुर न्यौपानेले जानकारी दिए ।