इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ४ बाँसबारीमा रहेको पानी टं्याङ्की टोल विकास संस्थाको तेस्रो वार्षीक साधारणसभा सम्पन्न भएको छ । गत वर्षको चैतमै हुनुपर्ने साधारणसभा कोरोना महामारीका कारण नौ महिना ढिलो भएको हो ।

शनिबार एक कार्यक्रम गर्दै टोल विकासले गत वर्षमा गरेको प्रगति विवरण र आर्थिक प्रतिवेदन पेस गरेको थियो । सो टोल विकासले गत वर्ष वडासँग समन्वय गरेर कोरोना महामारीमा परेकालाई राहत वितरण सँगै अन्य विविध काम गरेको जानकारी दिएको छ । सो नगरपालिकामा विधान नै बनाएर बनेको यो पहिलो टोल विकास भएको वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ जनाकारी दिए । टोल विकासले यो वर्ष ५ जना वृद्धवृद्धालाई सम्मान पनि गरेको छ ।


टोल विकासले सोहि टोलका ७९ वर्षीय अम्बिका निरौला, ७७ वर्र्षीया कृष्ण कुमारी ढुङ्गाना, ७७ वर्षीय जय नारायण दाहाल, ७७ वर्षीय एकराज दाहाल र ७७ वर्षीय हस्तमाया राईलाई सम्मान गरेको हो । साधारणसभाबाट रविन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यी टोल विकासको नयाँ समिति बनेको छ । समितिको उपाध्यक्षमा हिमा निरौला, सचिवमा दिपक खनाल, सह–सचिवमा उमेश दाहाल, कोषध्यक्षमा तारा दाहाल र सदस्यहरुमा भावना विष्ट, सर्मिला दाहाल, रिता गिरी, लक्ष्मी श्रेष्ठ र शुशीला भट्टराई चयन भएका छन्  ।