नयाँ दिल्लीः चीन र भारतको सीमा बास्तविक नियन्त्रण रेखा ९एलएसी०बाट चीनले आफ्ना १० हजार सैनिकलाई फिर्ता बोलाएको छ ।
सरकारी स्रोतलाई उद्धृत गर्दैै समाचार एजेन्सी एएनआईले यो खबर बाहिर ल्याएको हो । चीन र भारतको सम्बन्धमा पछिल्लो समय समस्या नआएकाले चीनले त्यहाँबाट आफ्नो सैनिक हटाएको हुनसक्ने भारतीय अधिकारीहरुको अनुमान छ । चीनको सेनाले पूर्वी लद्दाखमा आफ्ना जवानहरूलाई तालिम दिने गर्छ । यद्यपि चीनका सैनिकहरू अझै पनि उक्त क्षेत्रमा तैनाथ छन् । गतवर्ष मेमा चीन र भारतबीच तनाव बढेपछि तयार गरेर राखिएको बन्दोबस्तीका सामान भने अहिले पनि त्यहिँ नै छ ।
चीनको सेनाको तयारी देखेपछि भारतले पूर्वी लद्दाखमा बन्दोबस्तीका सामानसहित ५० हजार सैनिक तैनाथ गरेको थियो । -एजेन्सी