विराटनगरः विराटनगरका मुख्य ठूला व्यापारिक केन्द्रको विकास भएसँगै त्यसको असर छिमेकी मुलुक भारतको जोगबनी बजारसम्म परेको छ । प्रायः ठूला पर्वमा नेपालीको भीडभाड देखिने भारतको जोगबनी बजारमा यतिखेर त्यति चहलपहल देखिँदैन जति अघिल्ला सालका पर्वको पूर्वसन्ध्यामा देखिन्थ्यो ।
विराटनगरमा भाटभटेनी सुपरमार्केट र अन्य साना तथा मझौला सुपरमार्केटको बिस्तारले यो सम्भव भएको हो । ठूला नेपाली पर्वमा नेपाली अर्थ विदेशमा थुप्रिइरहेको बेला निजी क्षेत्रले सुपरमार्केटमा गरेको लगानी सही साबित भएको छ । विराटनगरस्थित रानी भन्सार कार्यालयले दिएको जानकारीअनुसार रानी नाका हुँदै जोगबनी गएर खाद्यान्न लगायतका सामग्री लिन जाने नेपाली उपभोक्ताको दर ३५ प्रतिशतले घटेको छ ।
रानी भन्सार कार्यालयका भन्सार अधिकृत फणिन्द्र खतिवडाका अनुसार किनमेलमा भारता जाने निकै घटेका छन् । भन्सार कार्यालयको यात्रुु जाँचपास कक्षको तथ्याङ्कअनुसार यो तथ्य सार्वजनिक भएको हो ।
अन्य वर्षमा दशैं, तिहार तथा छठको बेला ठूलो भीड हुने जोगबनी नाका यो पटक भने खुला देखिन्छ । यात्रुको सहज आवतजावत भइरहेको नाकामा कुनै विशेष सुरक्षा अवस्थाको सिर्जना गर्नुुनपरेको सुरक्षा अधिकारीहरू बताउँछन् ।
प्रायः चिनी सस्तो हुने र त्यसका लागि नेपाली त्यता जाने भए पनि यस पटक भने नेपाली सुपरमार्केटले भारतीय बजारको मूल्यमा यहाँ चिनी दिने गरेको छ । विराटनगरका कतिपय बिक्री केन्द्रमा ग्राहक तान्न पनि जोगबनीको भाउमा चिनी दिएपछि नेपाली बजार उपभोक्ताविहीन भएर बस्नुुपरेन ।
विराटनगरका स्थानीय हरिप्रसाद पोख्रेल बजारको झञ्झटिलो व्यवस्थाका कारण पनि जोगबनी जान अनिच्छा प्रकट गर्न थालिएको बताउँछन् । उनका अनुसार १–२ रुपैयाँ सस्तोको लागि देशबाहिर किन्न कष्ट खेपेर जानुुभन्दा सपिङ सेन्टरमा आनन्दले किनमेल गर्नुु ने वेश हुन्छ ।
उनले पनि दशंैको किनमेलका लागि बजार कुदिरहनुुभन्दा सफा र वातावरण अनुुकूलित स्थानमा बसेर सामान किन्ने गरेको बताए । ‘सबै सामान एकै ठाउँ पाइन्छ, बाहिर धुलोको सामना गरी दोकानैपिच्छे को कुदिरहोस्,’ उनले भने ।
रानी भन्सार कार्यालयका भन्सार अधिकृत फणिन्द्र खतिवडाले पनि नेपालीहरूको क्रयशक्ति दिनदिनै बढिरहेका कारण पनि भारतीय बजार धाउने क्रम घट्दै गएको जानकारी दिए । यसले नेपाली उत्पादकहरूलाई बल पुु¥याउने भन्दै नेपाली अर्थतन्त्रका लागि शुुभ सङ्केत भएको उनले तर्क गरे ।
‘वर्षेनी भारतीय व्यापारीलाई बुुझाउने नेपाली रुपैयाँ यो पटक निकै रोकिएको छ’, उनले भने, ‘नेपाली उपभोक्तालाई यतै रोक्नका लागि निजी क्षेत्रले पनि केही पहल कदमी लिनुुपर्छ ।’
दशैंका लागि भन्दै चिनी, मसला, लत्ताकपडा, जुुत्ताचप्पल किन्नेको ठूलो भीड जोगबनीमा हुने गरेको थियो । तर अहिले नेपाली बजारमा अत्यधिक मूल्यवृद्धि नभइसकेको अवस्थाले नेपाली सर्वसाधारण स्थानीय बजारमा अडिन सकेको उनको बुुझाइ छ ।
यससँगै नेपालीहरूको खर्च गर्ने क्षमतामा समेत वृद्धि भएको र डिपार्टमेन्ट संस्कृति विकास भएको हुँदा सहज ठाउँमा बसेर किन्दा थोरै महङ्गो भए पनि वास्ता नगर्ने उपभोक्ताको स्वभावले नेपाली बजार बलियो बन्दै गएको उनको भनाइ छ ।