इटहरीः आरटिआरके होटल स्कुलको व्यवस्थापनमा सुनसरीको इटहरीस्थित आइतबारेमा गत पुस १० गतेदेखि चुलो रेस्टुरेन्ट सञ्चालनमा आएको छ । शान्त तथा पारिवारिक वातावरणमा विभिन्न मौलिक परिकारको स्वाद पस्कने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको रेस्टुरेन्टका सञ्चालक प्रेम तुम्बापोले बताए । उनका अनुसार इटहरी क्षेत्रमा नेपालका विभिन्न जातजातिका परम्परागत तथा साँस्कृतिक महत्व झल्काउने खानाका परिकारलाई एकत्रित रुपमा उपभोक्ताको रुचि अनुसार तयार गरी उपलब्ध गराउने भरपर्दो गन्तव्यका रुपमा चुलो रेस्टुरेन्टले आफूलाई प्रस्तुत गर्ने प्रयास गरेको छ ।

139571586_772475350145895_5872007912903495640_n
खाद्यान्नका मौलिक परिकारको प्रवद्र्धन गरी पर्यटकलाई आकर्षित गर्ने माध्यमका रुपमा आफूलाई उभ्याएर खाना पर्यटनको अवधारणालाई मूर्त रुप दिन रेस्टुरेन्टले महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चालक तुम्बापो बताउँछन् । रेस्टुरेन्टले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराइसम्म फैलिएको नेपालको भौगोलिक अवस्था, सँस्कार तथा सँस्कृतिसँग जोडिएका विविध जातिय समूहका मौलिक खानाका परिकार उपभोक्ताको माग अनुसार उपलब्ध गराउने गरेको छ । हरेक खानाका परिकारलाई परम्परागत शैलीमा तयार गरी उक्त परिकारको वास्तविक स्वाद ग्राहकको जिब्रोमा पुर्याउन रेस्टुरेन्ट अनवरत रुपले कृयाशील रहेको छ ।

136714274_389484255481440_743956155131027266_n
नेपालका राई, लिम्बू, तामाङ, थारु, नेवार, खस, मैथिलजस्ता विभिन्न जातिय समूहमा परिचित खाना चुलो रेस्टुरेन्टमा सुपथ मूल्यमा उपलब्ध रहेको छ । रेस्टुरेन्टले आफ्नै स्वामित्वमा रहेको आरटिआरके होटल स्कुलमा अध्ययन गरी होटल तथा हस्पिटालिटी क्षेत्रका विभिन्न विधामा दक्षता हासिल गरेका निपुण जनशक्तिलाई क्षमता अनुरुपको रोजगारसमेत प्रदान गरेको छ । यो रेस्टुरेन्ट एकातिर सीपयुक्त दक्ष जनशक्तिका लागि सीपको उपयोग गर्ने माध्यम बनेको छ । अर्कातिर निपुण जनशक्तिले उत्पादन गरेको गुणस्तरीय तथा स्वादिष्ट परिकारमार्फत् उपभोक्तालाई सन्तुष्ट बनाउन पनि सफल भएको छ ।

138803595_755334285082174_4618011516063599693_n
रेस्टुरेन्टमा लिम्बू जातिमा प्रचलित याङ्बेन, सेरगेयम्मा, माङ्तक (ढेडो) साथै, आलु तामाको सुप, सिस्नुको सुप, मकैको च्याँख्ला, किनिमाको झोलजस्ता परिकार उपलब्ध रहेका छन् । यसैगरी, तामाङ जातिमा खाजाका रुपमा प्रचलित रिकिकुर, राई जातिको परिकार वाचिपा, ताङ्चिखान, शेर्पा जातिको परिकार थेन्दुक, थारु जातिको परिकार बगिया, घुँगी, थकाली समुदायको थकाली खाना सेट (मासुको झोल, हिमाली कालो दाल, झानेको रायोको साग, बास्मति भात, मिसिएको तरकारीसँग गुन्द्रुक मुलाको अचार, धनियाँको चट्नी, पापड, आलु तारेको र दही) जस्ता स्वादिष्ट परिकारहरु उपलब्ध रहेका छन् । यसका साथै, यहाँ आउने चियापारखी ग्राहकहरुका लागि रेस्टुरेन्टले कालो चिया, दुध चिया, हरियो चिया र मटका चिया उपलब्ध गराउँछ । यसैगरी, खाजाका रुपमा चुलो रेस्टुरेन्टले खसी, बंगुर तथा कुखुराको सेकुवा, अकबरे कुखुरा, बंगुर साँधेको, कुखुुरा साँधेको, भटमास साँधेको, बदाम साँधेको, छोयला, याङ्वेन आदि परिकारलाई आफ्नो मेनुमा समावेस गरेको छ ।

136991466_3731942356854064_5852813194524448491_n
   चुलो रेस्टुरेन्ट भोक मेटाउने माध्यम मात्र नभएर जातिय खानाको एक गतिशील संग्रहालयका रुपमा स्थापित भई ग्राहकको सेवामा समर्पित रहेको छ । यस रेस्टुरेन्टले प्रदेश सरकारसँग सहकार्य गरी इटहरी उपमहानगरपालिका क्षेत्रका २० ओटै वडाका युवाहरुलाई निःशुल्क तालिम प्रदान गरी रोजगार बनाइसकेको छ भने बेलबारी र इनरुवामा पनि यस्तै प्रकृतिको कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी, रेस्टुरेन्टले स्वरोजगार बन्न चाहने महिलाहरुलाई लक्षित गरी आफ्नै स्वामित्वमा पीआरएस ब्रान्डको अचार उद्योगसमेत सञ्चालनमा ल्याएको छ । फलफूल तथा तरकारीका अचारका साथै मासुजन्य अचारको उत्पादन गरिरहेको उद्योगले महिलाहरुलाई तालिम प्रदान गरी आयआर्जनको स्रोतका रुपमा रोजगारीसमेत प्रदान गरेको छ । नेपालको मौलिक खानालाई प्रवद्र्धन गरी पर्यटनमा ट्वा पुर्याई नेपालका प्रत्येक स्थानीय तहमा स्थानीय सरकारकै स्वामित्वमा होटल उद्योग सञ्चालनमा ल्याई पर्यटन क्षेत्रमा सरकारी जागिर प्रदान गर्ने चुलो रेस्टुरेन्टको दीर्घकालीन लक्ष्य रहेको छ ।

 

136726771_1058326541352024_1254556674516042002_n 1 136724986_317860492912289_3194811293953518485_n 137594637_412158086698189_8324627032564621143_n 138551727_1830285517123747_4269281891487425965_n 138529497_129997558955647_6880484218522410547_n 137527867_2895752917413413_5645683906033042510_n